देश

माेदीसँग मुख्यमन्त्री राउतकाे गुनासोः केन्द्र सरकारले हामीमाथि विभेद गरेको छ

माेदीसँग मुख्यमन्त्री राउतकाे गुनासोः केन्द्र सरकारले हामीमाथि विभेद गरेको छ

जनकपुर । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष केन्द्र सरकारले आफूलाई विभेद गरेको गुनासो गरेका छन्।

 

जनकपुरको बाह्र बिघा मैदानमा आयोजित मोदीको नागरिक अभिनन्दन कार्यक्रममा राउतले दुई नम्बर प्रदेशलाई राज्य विभेदको नीति लिएको भन्दै दुखेसो पोखेका हुन् ।

 

विकासका दृष्टिकोणले दुई नम्बर प्रदेश निक्कै पछि परेकाले सहयोगका लागि पनि मुख्यमन्त्री राउतले आग्रह गरे । राउतले मोदीको जनकपुर भ्रमणले मधेसी समुदायको पहिचान संसारभर फैलिएको उल्लेख गरे ।

 

मोदीको जनकपुर भ्रमणले यस क्षेत्रको विकासको संभावना बढेको, दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको राउतले बताए ।

 

 नेपाल र भारतको खुला सीमानाले एक अर्का देशको सामाजिक, साँस्कृतिक र धार्मिक सम्बन्धलाई प्रघाढ बनाउन बल पुर्‍याएको दाबी गरे । खुला सीमानाका कारण दुई देशको राजनीतिक परिवर्तनमा समेत बल पुगेको उनले बताए ।

माेदी भ्रमण प्रदेश २ मधेस

विशेष