नेपालबिना भारतका राम मात्रै हाेइन धाम पनि अधुरा हुन्छन्ः माेदी
जनकपुरमा मोदीकाे नागरिक अभिनन्दन गरियो
जनकपुर । नेपालकाे दुई दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको रंगभूमि स्थित बाह्र बिघामा नागरिक अभिनन्दन गरिएको छ। उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन गरेका हुन्।
भारतीय प्रधानमन्त्री मोदीलाई उपमहानगरपालिकाको सांकेतिक साँचो समेत हस्तान्तरण गरिएको छ । अभिनन्दन मोदीलाई १ सय २१ केजीको माला पनि लगाइएकाे हाे।
अभिनन्दनपछि मोदीले नेपाल र भारतको सम्बन्ध अहिलेको नभइ त्रेता युगदेखिको रहेकाले बताएका छन् । मोदीले नेपालबिना भारतका राम मात्रै नभएर धाम पनि अधुरो रहेको भन्दै मजबुद सम्बन्धमा जोड दिए ।
मोदीले नेपाल बिना भारतको विशाल इतिहास अधुरो रहेको भन्दै उनले नेपालका लागि हरसम्भव विकासका लागि सहयोगी गरिरहेने बताए । भारतका लागि जस्तो आफ्नो धारणा छ त्यस्तै धारणा नेपालका लागि पनि आफ्नो रहेको मोदीले बताए ।
भारतको नेवरहुड फस्टको नीतिमा नेपाल पहिलो स्थानमा रहेको मोदीको भनाइ छ । यस्तै उनले सम्भव भएका सबै माध्यमबाट जोडिनु पर्ने आवश्यकता रहेको बताए । जनताबिचको नाता जोड्नका लागि भारत र नेपालबिच कनेक्टिभिटिलाई जोड दिएको बताए ।
नरेन्द्र मोदी नेपाल भ्रमण