मुख्य समाचार

मोदीको विरोध गरेको भन्दै प्रहरीले विवेकशील सझा पार्टी कार्यालय छिरेरै ब्यानर च्यातिदियो (फाेटाेफिचर)

मोदीको विरोध गरेको भन्दै प्रहरीले विवेकशील सझा पार्टी कार्यालय छिरेरै ब्यानर च्यातिदियो (फाेटाेफिचर)

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा सांकेतिक विरोध जनाउँदै विवेकशील साझा पार्टीले आफ्नो कार्यालयमा टाँगेको ब्यानर प्रहरीले जफत गरेको छ ।

 

‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौँ’नारा लेख्दै विवेशील साझा पार्टीले कालो रंगको ब्यानर ललितपुर बखुन्डोलस्थित आफ्नो केन्द्रीय कार्यालयमा टाँगेको थियो ।

 

पार्टीको बैठक जारी रहँदा प्रहरी टोलीले अनुमति नलिइकनै उक्त ब्यानर च्यात्तचुत्त पार्दै जफत गरेको छ । घटनापछि विवेकशील साझा पार्टीले प्रहरीको गतिविधिको विरोध गरेका छन् ।

 

विवेकशील पार्टीकानेताहरुले सरकारको अलोकतान्त्रिक पद्धति भन्दै यसको विरोध गर्दैआएका छन् ।
 

माेदी विवेकशील साझा पार्टी प्रहरी जफत

विशेष