माेदी पशुपतिनाथबाट रुद्राक्ष धारण गरेर यसरी निस्किए बाहिर (फाेटाे फिचर)
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको विशेष पूजा गरेका छन् । शनिबार बिहान मुक्तिनाथ गएर विशेष पूजा गरी फर्किए लगतै मोदीले पशुपतिनाथमा पनि विशेष पूजा गरेका हुन् ।
उनले पहिले वासुकीनाथ मन्दिर र त्यसपछि पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् । मोदीले परम्परा अनुसार पहिले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् ।
यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् ।
मोदी चार वर्षअघि नेपाल भ्रमणमा आएका बेला पशुपति क्षेत्रको जिर्णोद्धारका लागि २५ करोड भारु अर्थात ४० करोड रुपैयाँ दिने घोषणा गरेको थिए। त्यो रकम अहिलेसम्म प्राप्त नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नरेन्द्र मोदी पशुपतिनाथ