खेल

सडक बालबालिकाको फुटबल विश्वकपः नेपाल क्वार्टरफाइनल

सडक बालबालिकाको फुटबल विश्वकपः नेपाल क्वार्टरफाइनल

काठमाडौं ।  नेपाल रुसकाे मस्कोमा जारी सडक बालबालिहरुको विश्वकप फुटवलको क्वार्टरफाइनल प्रवेश गरेको छ।  शनिबार भएका भएका दुई खेलहरुमा जित हासिल  निकाल्दै समूह विजेताका रुपमा नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो।  

 

समूह डी मा रहेको नेपालले पहिलो खेलमा केन्यालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा ताजिकिस्तानबिरुद्ध ३–१ गोलअन्तरको जित निकालेको हो।  

 

सेभेन ए साइड खेलमा ताजिकिस्तानबिरुद्ध नेपालका पवन शाहीले २ गोल गर्दा टिमका कप्तान रोशन भुजेलले १ गोल गरेका थिए। यसअघि केन्याबिरुद्ध पनि पवनले १ तथा सन्तोष खत्रीले १ गोल गरेका थिए। 


प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाएको नेपाल समूह चरणमा सहज जितका साथ क्वार्टरफाइनल पुगेको हो। सहभागी १२ टोलीलाई ४ समूहमा बिभाजन गरिएको छ। 

 

स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा भएको स्ट्रिट चाइल्ड वर्ल्ड कप, फ्युचर डिपेण्ड्स अन य मा नेपाली टोलीको संयोजन सेल्टर आश्रय नेपालले गरेको छ।  सेल्टरले तीन महिनाअघि राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो। 
 

फुटबल नेपाल क्वार्टरफाइनल सडक बालबालिका

विशेष