खेल

आईपीलः विराट कोहलीसँग सन्दीपकाे भिडन्त

सन्दीपकाे नाममा ८४ अन्तर्राष्ट्रिय विकेट

आईपीलः विराट कोहलीसँग सन्दीपकाे भिडन्त

काठमाडौँ। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । दिल्ली डेयर डेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा सन्दीपलाई पहिलो पटक अवसर दिएको हो ।

 

दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १८ वर्षे सन्दीपले अवसर पाएका थिएनन्। प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले ११ खेलबाट मात्र ६ अंक जोडेको छ । पुछारमा रहेको दिल्लीले ११ खेलमा ८ हार र ३ जित निकालेको छ । ६ अंक जोडेको बेंगलोर  सातौं स्थानमा छ ।

 

नोभेम्बरमा बेङलोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो। क्यारेबियन प्रिमियर लिगमा उनी वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन्। सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो।

 

सन्दीपले वर्ष २०७४ मा कुल ८४ अन्तर्राष्ट्रिय विकेट लिए । २४ विकेट उनले यू-१९ विश्वकप छनोट एसिया क्षेत्रमा लिएका थिए। उनले एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि आफ्नो राष्ट्रलाई विश्वकपमा पुर्याउन सकेनन्।

 

नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बनाउनेक्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए।

सन्दीप लामिछाने आईपील

विशेष