मुख्य समाचार

माेदीकाे विराेध गर्नसक्ने भन्दै ग्रेटर नेपालका नेता फिणन्द्र नेपाल विमानस्थलबाटै पक्राउ

माेदीकाे विराेध गर्नसक्ने भन्दै ग्रेटर नेपालका नेता फिणन्द्र नेपाल विमानस्थलबाटै पक्राउ

काठमाडाैं । नेपालकाे पुरानै भुभाग फिर्ता माग्दै अान्दाेलनरत ग्रेटर नेपाल अभियानका मुख्य अगुवा फणिन्द्र नेपाल विमानस्थलबाट पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्दमा गतिविधि गर्नसक्ने अाशंकामा उनलार्इ पक्राउ गरिएकाे बुझिएकाे छ ।

 

अमेरिकाकाे भ्रमणपछि फर्कँदै गरेकाे अवस्थामा उनी पक्राउ परेका हुन् । ग्रेटर नेपालका अन्य तीन अगुवालार्इ प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो।

 

ग्रेटर नेपाल अभियान मूलतः भारतीय हस्तक्षेप विरुद्ध दबाबमूलक कार्यक्रमहरु गर्दैअाएकाे संस्था हाे । सीमा क्षेत्रमा भएका भारतीय हस्तक्षेपकाे विपक्षमा यस अभियान २ दशकदेखि सक्रिय छ ।

फणिन्द्र नेपाल ग्रेटर नेपाल पक्राउ माेदी भ्रमण

विशेष