अपराध सुरक्षा मुख्य समाचार

बजार खुलिरहँदा राेकिराखेकाे बसमा अागजनी, बन्दकाे बहानामा अागजनी गराइएकाे अाशंका

बजार खुलिरहँदा राेकिराखेकाे बसमा अागजनी, बन्दकाे बहानामा अागजनी गराइएकाे अाशंका

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले अाह्वान गरेकाे नेपाल बन्दकै दिन वीरगंजस्थित बसपार्क छेउमै राेकिराखेकाे एउटा बसमा अागजनी भएकाे छ ।बसपार्कको उत्तरपट्टी मुख्य सडकमा राेकिराखेकाे ग १ ख ३१४७ नम्बरको बसमा अागजनी भएकाे हाे ।

 

अज्ञात समूहले गरेकाे आगजनीपछि बस जलेर पुर्ण रुपमा क्षति भएको छ । २००१ मोडलको उक्त बस १५ दिनदेखि रोकि राखिएको अवस्थामा अागजनी भएकाे घटनालार्इ प्रहरीले शंकास्पद रूपमा हेरेकाे छ । बन्दकाे दिन संयाेगवश परेकाे हुनसक्ने भन्दै उक्त घटनामाथि छानविन भइरहेकाे बताइएकाे छ ।

 

आगजनी कसले गरेको हो, भन्ने बारेमा प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएकाे छ । बन्दकाे दिन पनि वीरगन्जका बजार पसलहरु निर्वाध खुलेकाे अवस्थामा बसमा अागजनी भएकाे हाे । प्रहरीका अनुसार बन्दकाे बहानामा रिसइबीका कारण वा अन्य मनशायले अागजनी गराइएकाे हुनसक्ने भन्दै प्रहरीले छानविन थालेकाे छ ।

 

 

नेपाल बन्द बस अागजनी

विशेष