खेल मुख्य समाचार

१७ वर्षे सन्दिप लामिछानेले नयाँ इतिहास रचे, खेलको सर्वत्र प्रशंसा

नरेन्द्र मोदी देखि डा. भट्टराईले समेत खुलेर प्रशंसा गरे

१७ वर्षे सन्दिप लामिछानेले नयाँ इतिहास रचे, खेलको सर्वत्र प्रशंसा

काठमाडौं । सर्वाधिक दर्शकले हेर्ने क्रिकेट प्रतिष्पर्धा भनी चिनिएको आईपिएलमा नेपाली खेलाडी सन्दिप लामिछानेको प्रदर्शनको चौतर्फी प्रशंसा भएको छ । १७ वर्षीय सन्दिपले पहिलो खेलमै गरेको बलिङ उत्कृष्ट भनी टिप्पणी हुन थालेको हो ।

 

पहिलो खेलमै एक विकेट लिएका उनले राम्रो प्रदर्शन गरेका थिए । यद्यपि गएरातिको खेलमा उनी खेलेको टीम दिल्ली डेयर डेभिल्सले हारेको थियो । छनोटमा परे पनि उनी शनिबार राति भएको ब्याङलोरविरुद्धको खेलमा मात्रै मैदानमा उत्रिएका हुन् ।

 

यस क्रममा उनले विराट कोहेली र विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भिलियर्सविरुद्ध बलिङ गरेका थिए । सन्दिपको आकर्षक बलिङ भए पनि उनको टोली ५ विकेटले पराजित बनेको छ ।

 

यद्यपि सन्दिपको उक्त प्रदर्शनलाई लिएर धेरैले खुसी व्यक्त गरेका छन् । विश्व चर्चित खेलाडी तथा कमेन्टेटर देखि नेपालका क्रिकेटरहरुले पनि सन्दिपको खेलको प्रशंसा गरे । पारस खड्का, शरद भेष्वाकर लगायत खेलाडीले सन्पिदलाई शुभकामना दिँदै खेलको प्रशंसा पनि गरेका थिए । साथै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उनको खेलको प्रशंसा गर्दै उनको खेलबाट आफूहरु खुसी भएको उल्लेख गरेका थिए ।

 

यसअघि शनिबार दिउसो नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको प्रशंसा गरेका थिए । नेपाली क्रिकेटरले यो स्तरको अन्तर्राष्ट्रिय खेल खेल्ने र विकेट लिने सन्दिप पहिलो खेलाडी हुन् । नयाँ इतिहास रचेको भन्दै सामाजिक संजालमा पनि उनको सर्वात्र प्रशंसा भएको छ ।

 

सन्दिप लामिछाने क्रिकेट अाइपिएल

विशेष