मुख्य समाचार

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

प्रदेश २ का मुख्यमन्त्रीकाे भाषणप्रति प्रधानमन्त्री अाेलीकाे असन्तुष्टि

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जनकपुर भ्रमणकाे क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएकाे अभिव्यक्ति नेपाल सरकारकाे अाधिकारिक नीति नभएकाे बताएका छन् । 

 

मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति अाेलीले संसदमा असन्तुष्टि जनाएका हुन् । मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी दिँदै उनले मुख्यमन्त्रीको नाम उच्चारण नगरिकन नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

 

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको भन्दै अाफूहरू राज्य विरूद्द संघर्ष गरिरहेकाे अभिव्यक्ति दिएका थिए । साथै अभिनन्दनकै क्रममा उनले प्रदेश २ ले भारतसँग विशेष सम्बन्ध स्थापित गर्न चाहेकाे समेत बताएका थिए ।

केपी अाेली प्रधानमन्त्री संसद माेदी भ्रमण

विशेष