मुख्य समाचार

पाल्पामा बम विस्फाेट

पाल्पामा बम विस्फाेट

पाल्पा । पाल्पामा अाइतबार बिहान बम विस्फोट भएको छ । सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् ।

 

विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताए । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उनकाे अनुमान छ ।

 

विप्लव समुहकाे नेकपाले अाह्वान गरेकाे नपाल बन्दका कारण देशका विभिन्न स्थान प्रभवित भएका छन् । यसअघि बुटवलमा प्रेसर कुकर बम भेटिएकाे छ । बन्दका कारण पाल्पाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् ।

 

पाल्पा बम विस्फाेट विप्लव माअाेवादी नेपाल बन्द

विशेष