देश

मन्थलीमा वर्षाको ताण्डवः रणजोर खोलाले ७ विद्यार्थी बगायो, जमिनलार्इ बगर

मन्थलीमा वर्षाको ताण्डवः रणजोर खोलाले ७ विद्यार्थी बगायो, जमिनलार्इ बगर

रामेछाप । मन्थलीमा गएरातिदेखिकाे लगातारकाे वर्षातपछि रणजाेर खोलामा आएको बाढीले कक्षा ११ काे परीक्षाा दिन गएका ७ जना विद्यार्थी बगाएकाे छ ।  बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई तर्ने क्रममा खोलाले बगाएको थियो । बगाएका मध्ये एक जना वेपत्ता भएका छन् । बाँकीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका इनेक्सपेक्टर राजेन्द्र थापाले भने,‘खोला तर्ने क्रममा एक्कासी रणजोर खोलामा बाढी आउँदा परीक्षा दिन हिडेका विद्यार्थीलाई बगाएको थियो ।’

बिहानको समय भएकाले समयमा नै उदार गर्न सफल भएको बताउदै उनले कोशिस गर्दागर्दै पनि नजिकै तामाकोसी पनि बाढी आएकाले एक विद्यार्थीलाई बचाउन सकिएन ।’ घाइते हुनेहरुमा १७ बर्षिय मनिषा पाण्डे, १७ बर्षिय जानुका बुढाथोकी र १८ वर्षिय निशा शाह रहेकी छिन् । घाइते मध्ये जानुका बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको थापाले जानकारी दिए ।

खोलाले बगाएर तामाकोशी नदीमा पु-याएका मध्ये ४ जना विद्यार्थी  भने पौडिएर निस्किन सफल भएका थिए। २ जनालाई भने उद्धार गरिएको र एकजना अझै बेपता छन्।   उनले अन्य विद्यार्थीलाई पनि खोलाले बगाएको हुन सक्ने आशंका गरिएको बताए।

मन्थली रणजाेर खोला

विशेष