मुख्य समाचार

प्रधानमन्त्रीलार्इ गगन थापाकाे प्रश्नः हामीले नाकाबन्दी बिर्सेका छैनाैँ भन्न नपाउने कस्तो चाकडी हो ?

प्रधानमन्त्रीलार्इ गगन थापाकाे प्रश्नः हामीले नाकाबन्दी बिर्सेका छैनाैँ भन्न नपाउने कस्तो चाकडी हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले राष्ट्रियतालार्इ धरापमा पर्ने खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। 

 

संसदको सोमबारको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली विगतमा राष्ट्रियताबारे नानाथरी कुरा लगाएको तर आज आफू नै राष्ट्रियता धरापमा पार्न लागेको आरोप लगाएका हुन् ।

 

उनले भने, हिजो सुशील कोइरालालाई लम्पसारवादी भन्नेले भारतको सेना नेपाल किन मगायोरुु संसदमा एमालेका सांसदले भारतीय सेना आउनुमा नेपालको सुरक्षा तदारुकता नभएको भनेर दिएको अभिव्यक्तिको पनि थापाले आपत्ती जनाए। 

 

संसदमा एमालेका सांसद महेश बस्नेतले नेपालको आन्तरिक सुरक्षा कमजोर भएको भारतको आँकलनले सेना आएको हुनसक्ने बताएका थिए ।

 

थापाले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, सत्तारूढका एक सांसदले मेयरलाई सुरक्षा दिन सकेन त्यसैले भारतीय सेना आयो भने। त्यसो हो भने मैले तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउनेरुु 

 

थापाले नाकाबन्दी बिर्सेको छैनौं भन्नेहरूमाथि भएको सरकारको धरपकडबारे पनि आपत्ती जनाए। उनले विगतमा एमाले नेताहरूले नाकाबन्दीलाई लिएर आन्दोलन गर्न मिल्ने तर आज नाकाबन्दी बिर्सेका छैनौं भन्नेलाई धरपकड गर्नु लम्पसारवाद र चाकडी भएको बताए।

 

उनले भने, हामीले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउनेरु कस्तो चाकडी होरु हिजो अरुलाई कुरी कुरी गर्नुभएको थियो आज आफैँ नांगै हिँड्नुभएको छ।

 

गगन थापा संसद नाकाबन्दी

विशेष