खेल मुख्य समाचार

अाइपीएल : काेहलीले ५०० रन बनाएपछि बैंग्लाेरले पञ्जाबलार्इ १० विकेटले हरायाे

अाइपीएल : काेहलीले ५०० रन बनाएपछि बैंग्लाेरले पञ्जाबलार्इ १० विकेटले हरायाे

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगतकाे ४८ अाैं खेल रोयल च्यालेन्जर्स बैंग्लोर र किंग्स इलाभेन पन्जाबका लागि अनपेक्षित र अविष्मरणीय रह्याे । बैंग्लाेरसँग पञ्जाब १० विकेटले पराजित भएकाे छ ।

 

जारी ११ औँ संस्करणको आइपिएल अन्तर्गत यो खेल दाेस्राे सबैभन्दा कम रनको लक्ष्य र फराकिलो जितकाे नतिजाका कारण दुवै टिमका लागि बिर्सन नसक्ने खालकाे बनेकाे छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो । जसमा कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन बनाए ।

 

पन्जाबले बनाएको ८९ रन आईपीएलको जारी सिजनमा दोस्रो कम स्कोर हो । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन मात्र बनाएको थियो । उसाे त सन् २०१७ मा पन्जाबले पुणे सुपरजाइन्ट्सविरुद्ध ७३ रन मात्र बनाएको इतिहास पनि छ ।

 

यसैबीच, रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । काेहली यस सिजनमा आफ्नो कुल ५०० रन पूरा गर्न सफल भए । कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाएर नयाँ कीर्तिमान कायम गरेका हुन् ।एकै सिजनमा पाँचौपटक ५०० भन्दा धेरै रन बनाउने कोहली पहिलो ब्याट्सम्यान भएका छन्। 

रोयल च्यालेन्जर्स बैंग्लोर किंग्स इलाभेन पन्जाब

विशेष