यौन-शिक्षा भिडियो

सेक्सटोएज ब्यापारीको अनुभवः यौनमा यसरी उदार बन्दैछ नेपाली समाज (भिडियो)

सेक्सटोएज ब्यापारीको अनुभवः यौनमा यसरी उदार बन्दैछ नेपाली समाज (भिडियो)

काठमाडौं । हाम्रो समाजले यौनलाई सहज रुपमा स्वीकार गर्न सकेको छैन । यौनका विषयमा खुलेर कुरा गर्नु गलत हो भन्ने प्रायःमानिसको बुझाई छ । यौनलाई गलत रुपमा बुझ्नाले नै मानिसहरू बारम्बार यौन दुर्घटनाको शिकार बन्दैआएका छन् । यौनलाई हामीले सहज रुपमा ग्रहण गर्न नसक्नु यौनजन्य विकृती र यौनी तथा लिगंमा देखापर्ने जटिल किसिमका यौनरोगहरूलाई निम्त्याउनु पनि हो ।  

 

यौनलाई सहज बनाउने र सामाजिक विकृती कम गर्ने हेतुले स्वास्थ्य प्राविधिक युवराज न्यौपानेले २०६५ सालमा नेपाल कण्डम हाउसको स्थापना गरे । आफैँले पनि यसबारे विभिन्न देशहरूमा गएर अध्ययन गरेको हुँदा आफ्नो ज्ञान आफैँमा सिमित नराखी सबैलाई बाँडेर यौनबारे सचेत बनाउनु उनको उदेश्य थियो । 

 

‘हामीले यसलाई नर्मलाइज्ड गर्नका लागि कण्डम हाउस खोलेका हौँ,’ नेपाल आजसँग कुराकानी गर्दै नेपाल कण्डम हाउसका प्रबन्ध निर्देशक न्यौपाने भन्छन् ‘प्रत्येक मानिसले म मेरो बाबा र आमाको सहवासबाट जन्मेको थाह पाएको हुन्छ । यद्यपी यसलाई सहज रुपमा लिन सक्दैन । तर समृद्ध देशमा यस्ता कुरा सहजै स्वीकार गर्न सक्छन् । परिवारमै बसेर यसबारे छलफल गर्न सक्छन् । तर हाम्रो समाजले सहजै लिन कठिन छ । यदी सेक्सलाई सजिलै बुझ्न सक्यो भने यौन दुर्घटनामा पनि कमी आउँछ । वास्तवमा हामीले यौनलाई रेक्स्पेट्ली हेर्न सक्नुपर्छ ।’


नेपाल कण्डम हाउसमा कण्डम र सेक्स टोयजहरू बिक्री गरिन्छ । तर साधनहरू बिक्री गर्नुमात्र उदेश्य नभएको न्यौपाने बताउँछन् । हरेक ग्राहकरूलाई परामर्श दिने, बेला बेलामा सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने साथै यौनशिक्षा सम्बन्धी सेसनहरू चलाउने जस्ता कार्यक्रमहरू कण्डम हाउसले गरिरहेको छ ।

 

सुरुमा सञ्चालन गर्न निकै चुनौती सामना गर्नुपरेको न्यौपाने बताउँछन् । ‘पहिला पहिला त मेरो पसल नजिकबाट मानिसहरू हिँड्न पनि लजाउँथे ।’ कुराकानीको क्रममा थप्दै उनले भने ‘व्यवसाय बन्द गर्ने धम्की पनि आयो । तर मेरो पोजेटिभ थिङ्किङका कारण विस्तारै कन्भिन्स गर्न सकेँ । अहिले सहज बन्दैआएको छ ।’


न्यौपानेको सुझावः

 

कण्डमको प्रयोग

‘फेमिली प्लानिङ, एच.आइ.भी एड्सबाट बच्न कण्डम कसरी प्रयोग गर्ने भन्ने विषयमा विभिन्न गैर सरकारी संघसंस्थाहरूले यस्ता किसिमका कार्यक्रमहरू गरिरहेका छन् । कण्डमको प्रयोकर्ताहरू बढाउन हामीले एउटा थिम निकालेका छौँ ।  मानिसहरूले आफुलाई सेफ राख्न कस्तो महिलासँग यौनसम्पर्क गर्दै छु भन्ने कुरा ख्याल गर्नुपर्छ । महिलालाई आधार बनाएर कण्डम किन्दा उचित हुन्छ । एउटै उमेरको फरक फरक महिलालाई एकै किसिमको कण्डम प्रयोग गर्नुहुन्न । 

 

जस्तै २५ वर्षको एकजना अविवाहित महिला, अर्को बच्चा जन्माएको महिला र नियमित सेक्स गर्ने महिलालाई एकै किसिमको कण्डम दिँदा त्यसले दुर्घटना ल्याउन सक्छ । कण्डम पनि विभिन्न किसिमका हुन्छन् । कुनै प्लेन कण्डम हुन्छ, कुनै डष्टेड कण्डम हुन्छ, कुनै ठूला ठूला काँडादार कण्डम हुन्छ, कुनै लङ टाइम कण्डम हुन्छ ।

 

शिघ्र स्खलित हुने पुरुषहरूले लङ टाइम जाने कण्डम प्रयोग गर्छन् । एउटा लङ टाइम जाने डटेड कण्डम हामीले प्रयोग गर्दै छौँ भने हामीले बुझनुपर्छ कि आफ्नो सेक्स पार्टनरलाई सन्तुष्टी दिनु हो । त्यही किसिमको कण्डम अर्कोसँग सम्पर्क गर्दा प्रयोग गर्दा भने समस्या आउन सक्छ ।


कण्डमको प्रयोग अनिवार्य
 

मनोरञ्जन प्राप्त गर्नको लागि कण्डम प्रयोग त गरिन्छ । विशेषगरी कण्डम प्रयोग गर्नैपर्छ भन्नुको कारण चाहिँ यौन रोग, फेमिली प्लानिङ र सेक्सुअल हेल्थमा विशेष भूमिका खेल्छ । महिलाहरूलाई कण्डम लगाएर सेक्स गर्दा पुरुषको तुलनामा बढी आनन्द आउँछ । श्रीमान श्रीमतीमा यसको प्रयोग अति नै महत्वपूर्ण छ ।

 

किनकी महिलाहरूले बसेर पिसाब गर्दा यौनङ्गमा छिट्टाहरू पर्ने हुँदा त्यसबाट विभिन्न किटाणुहरूका संक्रमण हुन सक्छन् । यसले गर्दा यौनाङ्गमा चिलाउने, खटिरा आउने, पिपहरू बग्ने किसिमका समस्या आउन थाल्छन् । ब्याक्टेरीयाहरू ग्रोथ भइदियो भने इम्यानुटी पावरको कारणबाट महिलाहरूमा रेसिस्ट हुनसक्छ । ब्याक्टेरीया मरिसकेको हुदैँन । 

 

त्यही महिलासँग आफ्नो श्रीमानले यौनसम्पर्क राख्दा त्यस ब्याक्टेरिया श्रीमानको यौनाङ्गमा लाग्दछ । र महिलालाई भन्दा पनि श्रीमानलाई बढी असर देखापर्छ । त्यतिवेला श्रीमानले आफ्नो श्रीमती माथि शंका गर्छ । श्रीमती बाहिर गएर यस्तो भयो कि भन्ने पुरुषले सोच्दछ । र श्रीमानले आफ्नो समस्या श्रीमतीलाई भन्दा श्रीमतीले श्रीमानलाई शंका गर्न सक्छिन् । यसले गर्दा दाम्पत्य जीवनमा नै असर गर्न सक्छ ।


सेक्स टोयजको प्रयोग
 

सेक्स टोयज पुरुष साथी वा महिला साथी टाढा हुँदा यौन आनन्द प्राप्त गर्नका लागि प्रयोग गरिन्छ । सेक्स टोयजलाई पनि हामीले प्राथमिकता दिएका छौँ । पुरुष र महिला दुबैलाई सेक्सको उत्तिकै आवश्यकता हुन्छ । सेक्स टोयज प्रयोग गर्ने महिला आफ्नो पार्टनर नभएको अवस्थामा पर–पुरुषहरुसँग जाँदैनन् । यदी सेक्स टोयजको प्रयोग महिला पुरुषले आफ्नो पार्टनर नभएको अवस्थामा गर्ने हो भने सम्बन्धमा समस्या आउँदैन ।

 

शारीरीक रुपमा सेक्स टोयले प्राकृतिक सेक्स जतिकै आनन्द दिन्छ, तर मानसिक रुपमा भने पार्टनरको अभाव खड्किरहेको हुन्छ ।


लिंगबारे केही भ्रम

लिंग साधन प्रयोग गरेर बढाउन सकिन्छ भनेर हामीमा एक किसिमको भ्रम छ । बजारमा लिंग बढाउन सकिन्छ भनेर विभिन्न किसिमले ठगिने चलन पनि छ । तर लिंग बेग्लै तन्तुले बनेको हुन्छ । एउटा सेलबाट अर्को सेल डिभिजन हुँदैन । त्यसैले लिंग बढ्छ भन्नु एउटा भ्रम मात्र हो । यसबाट सचेत रहन सबैलाई अनुराेध पनि गर्दछु ।’ 

याैन नेपाली समाज याैनमा उदार

विशेष