मनोरञ्जन

मनीषालाई दादा साहेब

मनीषालाई दादा साहेब

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले भारतको प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड पाएकी छन्। उनलाई‘मोस्ट भर्सटायल एक्ट्रेस अवार्ड’प्रदान गरिएको हाे ।

 

मुम्बईमा आयोजित समारोहमा ट्रफी ग्रहण गरेपछि अभिनेत्रीले विनम्र र सम्मानित महसुस गरेको बताएकी थिइन् । फिल्म क्षेत्रमा योगदान पुर्‍याएबापत भारत सरकारले यो पुरस्कार दिने गरेको छ ।

 


मनीषाले यसअघि चारवटा फिल्मफेयर अवार्ड जितिसकेकी छन् । उनले सन् १९९१ मा सुवास घई निर्देशित‘सौदागर’फिल्मबाट बलिउड प्रवेश गरेकी थिइन् ।

 

चार वर्षपछि बनेको‘बम्बे’ फिल्मलाई उनको जीवनको टर्निङ प्वाइन्ट मानिन्छ ।‘अकेले हम अकेले तुम’, ‘अग्निसाक्षी’,‘खामोशी ’‘दिल से’, ‘मन’लगायत फिल्ममा उनले अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

मनीषा कोइराला दादा साहेब

विशेष