मुख्य समाचार

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि जेठ ३ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । आज बुधबार दुबै दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सफल भएपछि पार्टी एकता घोषणा गर्ने बुझिएको छ ।

 

मदन भण्डारी स्मृति दिवसको अवसर पार्दै बालुवाटारबाट पार्टी एकता घोषणा गर्ने बुझिएको हो । यसको लागि दुबै पार्टीका नेताहरु आन्तरिक छलफल तथा तयारीका लागि जुटेका छन् ।

 

एमालेले स्थायी समिति बैठक र माओवादीले सचिवालय बैठक एकै समयमा बुधबार ४ बजेका लागि डाकेका छन् । बिहीबार १० बजे एकता संयोजन समितिको बैठकपछि एकता घोषणा हुने माओवादीका एक नेताले नेपालआजलाई बताएका छन् ।
 

 

केपी अाेली प्रचण्ड वाम एकता

विशेष