देश

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

काठमाडाैं । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ । 

 

मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६:१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । 

 

उहाँका अनुसार विमानमा चालक दलका दुई सदस्य रहेका छन् । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताए ।

 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अारसीसीका अनुसार अगाडी अाएका समाचार सबै गलत भएकाे जनाएकाे छ । अहिले खाेजी कार्य जारी हुँदा अाधिकारिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।

सुर्खेत हुम्ला मकालु एयर

विशेष