देश

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

                                  फार्इल तस्वीर

काठमाडाैं । सुर्खेतबाट हुम्लाकाे लागि उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे खार्पुनाथ गाउँपालिकाकाे लामा डाँडामा दुर्घटना भएकाे छ । बिहान ६ः५५ मा सुर्खेतबाट उडेकाे केही बेरमै सम्पर्कविहिन भएको उक्त जहाज हुम्लामा टुक्रटुक्रा भएको अवस्थामा भेटिएकाे हाे ।

 

हुम्लाको सिमीकाेटबाट ७.७ भर्टीकल मार्इल, १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए । खार्पूनाथ गाउँपालिकाको लामा डाडाँथीको बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । जहाजमा पाइलट र सहपाइलट मात्रै रहेकाे बुझिएकाे छ ।

 

जिल्ला प्रहरीका अनुसार चालक दलका एक सदस्यकाे शव भेटिएकाे छ भने घटनाकाे पूर्ण विवरण अाउन बाँकी रहेकाे बताइएकाे छ ।  विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ । 

 

यसअघि, विमान बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको खबर बाहिर आएको थियो । तर, बाजुरामा भेटिएको भन्ने खबर त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका थिए । 

 

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।


 

मकालु एयर विमान दुर्घटना हुम्ला सुर्खेत

विशेष