मुख्य समाचार

प्रधानमन्त्री ज्यू ! अब त खुल्ला कि मदन भण्डारीका हत्याराकाे रेशमी पर्दा

भण्डारीकाे रहस्यमय मृत्युबारे प्रचण्डले गर्लान् त खाेजी ?

प्रधानमन्त्री ज्यू ! अब त खुल्ला कि मदन भण्डारीका हत्याराकाे रेशमी पर्दा

 काठमाडौं । आज (विहिबार) जननेता मदन भण्डारीको २५ औँ स्मृती दिवससँग नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको छ । 
भण्डारीको स्मृती दिवसमा नेकपा एमाले र माओवादी केन्द्रले एकता गरेर उनको सम्मान भएकाे  नेताहरुले बताएका छन् ।

 

एमाले-माओवादी नेताहरुले उनको सालिकमा फूलमाला झुन्ड्याएर श्रदाञ्जली अर्पण गरे । स्मृती दिवसमा पार्टी एताक गरेर सम्मान गरियो राम्रै कुरा हो  ।  यस अहि पनि एमाले नेताहरूले २५ वर्षसम्म भण्डारीको सालिकमा माला चडाए र श्रदाञ्जली अर्पण गरे ।

 

 तर उनीको  रहस्यमय मृत्युबारे यकिन गर्ने उदासिन देखिए ।  २५ वर्षमा एमाले कहिले आफ्नो नेतृत्व त कहिल सहयोगी भएर दर्जन पटक सरकारमा पुग्यो ।  उनका मृत्यबारे खासै चाँसो देखाएको पाइएन ।

 

प्रश्नको विषय यो छ कि २५ वर्षसम्म भण्डारीको रहस्यमय मृत्युको एमालेले किन यकिन गर्न सकेन ? तर प्रमुख नेताहरु नै उनको मृत्युलार्इ रहस्यमय मृत्य भएको बताइरहेका छन् ।

 

छानबिन गर्न उनीहरुलाई के कुराले राक्यो ?  भण्डारीलार्इ सम्मासँगै मृत्युकाे पछाडी लगाइने रहस्यमय शब्दकाे पनि खाेजी गरिए अझै सम्मान हुने थियाे की । 

 

एमाले माओवादी एकताले अब पाँच वर्षका लागि बलियो सरकार बनेको छ । यो सरकारलाई उनको रहस्यमय मृत्युको छनबिन गर्न रोक्ने ठाँउ कतै छैन । कहिलेसम्म उनकाे मृत्युकाे पछाडी झुन्डिएकाे रहस्यमय शब्द रहिरहने हाे ? एमालेले नेताहरू यसकाे जवाफ  दिने याे सुनाैलाे अवसर हाे । 

 

ओलीले पर्दा अहिले खोल्ने

 

अहिले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री एउटै पार्टीका नेता छन् ।  राष्ट्रपति विद्यादेवि भण्डारी मदन भण्डारीकी पत्नी हुन् । त्यसैले पनि उनको मृत्युबारे रोकिने र छेकिने ठाउँछैन् । राष्ट्रपति भण्डारीले पनि केहि समय पहिले उनको मृत्युबारे सत्यतथ्य बाहिर नआउनु दुखद भएको बताएकी थिइन् । 

 

तत्कालिन समयमा पार्टीको छानबिन आयोगका अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भनेका थिए भण्डारीका हत्याराहरु रेशमी पर्दा पछाडी लुकेका छन् समय आएपछि तिनलाई हामी बाहिर ल्याउर्छौँ ।  

 

उनले यसो भनेको आज २५ वर्ष भएको छ । र, समय पनि आएको छ । देश एमाले र ओलीमय भएको छ । प्रधानमन्त्री ओलीलाई रेशमी पर्दा खुलाउन रोक्ने वस्तु कुनै छैन ।   अाशा गराैँ मदन भण्डारीकाे माेह प्रचण्डलार्इ पनि सारै जागेकाे छ । अब नेपाली जनताले जननेता भण्डारीकाे मृत्युकाे रहस्य छिट्टै पाउने छन् । 

 


मदन भण्डारीको मृत्यु 


भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। 

 

यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।  तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २५ वर्ष पुरा भएको छ

मृत्यु प्रधानमन्त्री अाेली प्रचण्ड मदन भण्डारी

विशेष