अपराध सुरक्षा मुख्य समाचार प्रदेश १

इलाममा ७७ बर्षकी बृद्धा सामूहिक बलात्कृत, पहिचान हुने डरले जिब्रो नै काटिदिए

इलाममा ७७ बर्षकी बृद्धा सामूहिक बलात्कृत, पहिचान हुने डरले जिब्रो नै काटिदिए

इलाम । इलामको रोङ गाउँपालिका–१ मा एक बृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङगाउँपालिका १ शान्तिपुरकी ७७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन्। अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

 

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा ल्याइएको छ। अस्पतालका डा. अनिल बस्नेतका अनुसार महिलालाई आइतबार राति नै अस्पताल ल्याएको हो ।

 

यसरी भएकाे थयाे  घटना 

घर र भन्साघर छुट्टाछुट्टै थियो । घरमा बृद्धा, उनका श्रीमान र छोरा थिए । साँझ खाना खाइसकेपछि बृद्धा भन्साघरमै सुतिन् । उनलाई बाथको समस्या थियो । घरको टाँडमाथि उक्लिन गाह्रो हुन्थ्यो । बाबु–छोरा भने घरमा गएर सुते ।

 

राति झन्डै ११ बजे छोराले हल्लाखल्ला सुने । हतार गरेर आमा भएको ठाउँमा जाँदा डरलाग्दो दृश्य थियो । उनलाई देख्नासाथ बलात्कारमा संलग्न मान्छे फरार भयो । आमाको कपडा मिलाइदिएर उनले छिमेकीलाई गुहार मागे ।

इलाम बलात्कृत ७७ बर्षकी बृद्धा

विशेष