मुख्य समाचार स्वास्थ्य

विश्व उच्च रक्तचाप दिवसः २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचापको समस्या

विश्व उच्च रक्तचाप दिवसः २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचापको समस्या

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । 

 

खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको डाक्टरहरुको भनाइ छ । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ ।

 

 शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानिसमा उच्च रक्त चाप भएको देखिएको थियो । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो । 
 

डाक्टर विश्व उच्च रक्तचाप दिवस खानपान र जीवनशैली

विशेष