देश

नर्सिङः विद्यार्थीको आकर्षण धेरै, काम नपाएर बेहाल  

नर्सिङः विद्यार्थीको आकर्षण धेरै, काम नपाएर बेहाल  

काठमाडौं । नर्सिङको पढाईप्रति विद्यार्थीको आकर्षण धेरै छ ।  नेपाल नर्सिङ परिषदका अनुसार नेपालमा बर्षेनि ५ देखि ७ हजारले नर्सिङको पढाई पूरा गर्छन् । अहिले सम्म ७४ हजार ८ सय ४० जनाले नर्सको पढाई सकेर प्रमाणपत्र लिएका छन् ।

 

नर्सहरुको व्यवस्थापन हुन नसक्दा कति नर्सले रोजगारी पाएका छैनन् भने स्वास्थ्य संस्थामा नर्सको अभाव छ । कञ्चनपुर बेलडाँडी गाउँपालिकाका निलम भट्ट चन्दले अनमी अध्ययन गरेकी छन् । तर योग्यता अनुसारको काम नपाउदा असन्तुष्ट छिन् । 

 

जनकपुरका सुलोचना चौधरीले बीएससी नर्सिङ उत्र्तीण गरेसकेकी छन् । तर, काम पाएकी छैनन् । सुलोचना कामको खोजीमा रहेकी छन्, जनकपुर अञ्चल अस्पतालमा ७ जना नर्सको दरवन्दी खाली नै छ । २ सय शैयाको जनकपुर अस्पतालमा २५ जना नर्सको दरबन्दी छ, तर १८ जना  मात्रै कार्यरत छन् । 

 

एकातिर स्वास्थ्य संस्थामा दरबन्दी अनुसार नर्स छैनन् भने अर्कोतिर योग्य नर्सले काम पाईरहेका छैनन् । यस्तो अवस्था देशैभरी छ । नेपाल नर्सिङ संघका अनुसार नेपालमा अहिले ७४ हजार ८ सय ४० जना नर्स छन् । उनीहरुले भने अनुसारको काम पाएका छैनन्, काम पाएको सेवा सुविधा सन्तोष गर्न लाएक छैन । 

 

नेपाल नर्सिङ संघका अध्यक्ष तारा पोखरेल स्वंयसेवी नराख्न भनिएको ठाउँमा पनि सव्यंसेवी राख्ने गरिएको र यसबारे बोल्दा कामबाटै निकाल्दिने गरिएको भेटिएको गुनासो गर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले ६८ हजार ४ सय ९० जना नर्सिङ जनशक्तिको आवश्यकता छ । 

 

आवश्यकता अनुसार नर्स पूर्ति हुने हो भने पनि तथ्याङकले लगभग ६ हजार ३ सय ५० जना नर्स कामविहिन हुने देखाउँछ । 

 

उत्पादन भएका नर्सहरुको व्यवस्थापन सरकारको लागि चुनौति बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गुणस्तरीयस्वास्थ्य सेवा प्रदान गर्न हजार जनाका लागि २३ नर्स आवश्यक पर्छ ।  तर, स्वास्थ्य मन्त्रालयले २०६९ सालमा गरेको अध्ययनले नेपालमा १० हजार जनसङख्याको लागि ७ जना मात्रै स्वास्थ्यकर्मि रहेको देखाएको छ । 

 

सन् २०२३ भित्र अर्थात् अबको पाँच बर्षभित्रमा नेपालमा ९२ हजार ८ सय ३६ जना नर्सिङ जनशक्ति आवश्यकता पर्नेछ । तर नर्सको व्यवस्थापन भने चुनौति छ ।
 

रोजगारी नर्सिङ  नेपाल नर्सिङ परिषद

विशेष