मुख्य समाचार

यातायात मन्त्री महासेठ नै सिण्डिकेटको पक्षमा !

सिण्डिकेट हटाउनखोज्ने कर्मचारीलाई नै निकम्मा बनाइदिए

यातायात मन्त्री महासेठ नै सिण्डिकेटको पक्षमा !

काठमाडौं । भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ स्वयं सिण्डिकेटको पक्षमा रहेका व्यवसायीहरुसँग नजिकिएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुविरुद्ध कडा कदम चाल्दा समेत उनले साथ दिएनन् ।

 

पक्राउ परेका व्यवसायीलाई समेत छुटाउन उनको पहल रहेको मन्त्रालय स्रोतले बताएको छ । उनै महासेठले सिण्डिकेट हटाउन लाग्ने उच्च कर्मचारीहरुलाई नै निकम्मा बनाइदिएका छन् ।

 
हालै यातायात मन्त्री महासेठले सिण्डिकेट गर्ने व्यवसायीविरुद्ध कडा कदम चाल्दैआएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई समेत मन्त्रालयमा तानिदिएका छन् ।

 

मन्त्रालयका उच्च कर्मचारीहरुले भने मन्त्री महासेठको यस्तो कदमलाई व्यवसायीसँगको चलखेलको रुपमा अथ्र्याएका छन् । त्यसो त, पछिल्लो केही सातायता मन्त्री महासेठ सिण्डिकेट गर्ने व्यवसायीहरुसँग नियमित भेटघाटमा रहँदैआएका थिए । 

 

महानिर्देशक भट्टराईले भने गृहमन्त्री बादलको योजनामा साथ दिँदै कारवाही प्रभावकारी बनाउन भुमिका खेलेका थिए ।

 

स्रोतका अनुसार महासेठलाई भट्टराईको पछिल्लो गतिविधि चित्त नबुझेपछि मन्त्रालयमा ‘खुम्च्याउने’योजना स्वरुप यस्तो निर्णय गरेको बुझिएको छ ।

 

यातायात मन्त्रालयकै एक उच्च कर्मचारीले भने, ‘व्यवसायीहरुसँग मन्त्री ज्यूको गम्भीर भेटघाट भएको छ । पक्राउ परेका व्यवसायीहरुसँगै उहाँको उठबस छ । सिण्डिकेट हटाउन उहाँ नै तयार हुनुहुन्न । हामीले मात्रै चाहेर के हुन्छ !’
 

 

रघुवीर महासेठ यातायातमा 'सिण्डिकेट' यातायात मन्त्री

विशेष