देश

चितवनमा फेरि बर्डफ्लू, हजाराैं कुखुरा मर्न थालेपछि किसानहरू चिन्तत

चितवनमा फेरि बर्डफ्लू, हजाराैं कुखुरा मर्न थालेपछि किसानहरू चिन्तत

चितवन । कुखुराकाे लागि घातक राेग बर्डफ्लु फेरि चितवन जिल्लामा देखा परेकाे छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो ।

 

राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताइएकाे छ । यस्ताे देखिएपछि अासपासका कुखुरा फारममा कुखुरा मार्न थालिएकाे छ ।

 

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो ।

 

केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो । बर्डफ्लु देखिन थालेपछि  पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न सबै किसानलार्इ अनुरोध गरेको छ । कुखुरामा बर्डफ्लू देखिएपछि चितवनका किसानहरू चिन्तित देखिन थालेका छन् ।

 

यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ । यसअघि पनि बारम्बार बर्डफ्लूकाे समस्याले किसानहरूलार्इ सताउँदैअाएकाे थियाे ।

कुखुरा चितवन किसान बर्डफ्लू

विशेष