खेल

आईपीएलमा सन्दिपले दोस्रो खेल खेल्दै, धोनीका लागि सन्दिप कति चुनाैती?

चेन्नई र दिल्ली भिड्दै

आईपीएलमा सन्दिपले दोस्रो खेल खेल्दै, धोनीका लागि सन्दिप कति चुनाैती?

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज आफ्नो दोस्रो खेल खेल्दै छन् । चेन्नइले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ  ।दिल्लीले चेन्नई सुपर किंग्सविरुद्ध सन्दिपलाई मैदान उतार्ने पक्का गरेको छ ।


पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका सन्दिपले ४ ओभर बलिङ गरेर २५ रन खर्चे भने एक विकेट पनि लिएका थिए । यो सिजन १२ इनिङमा १६२.५९ को स्ट्राइकर रेटमा ४१३ रन बनाएका धोनीको ब्याटिङ लेगस्पिन सामु राम्रो छैन ।

 

लेग स्पिनरलाई उनले ६८ बलमा ८७ रन हानेका छन् । तीन पटक उनी लेग स्पिनरकै बलिङमा आउट भएका छन् । रोयल च्यालेन्जर्स बेंग्लोरसँगको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपमाथि सबैको नजर रहेको छ ।

 

यसैले र्फममा रहेका धोनीविरुद्ध सन्दिप लामिछाने भारी पर्न सक्छन् । १२ खेलमा ३ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा रहेर पहिलो चरणबाटै बाहिरीसकेपनि सन्दिपले आफूलाई प्रमाणित गर्ने मौका भने पाएका छन् ।  

 

१२ खेलमा ८ खेल जितेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । यसअघि चेन्नईसँग भएको खेलमा दिल्ली १३ रनले पराजित भएको थियो । जसमा सेन वाट्सन र महेन्द्र सिंह धोनीले अर्धशतक बनाएका थिए ।

 

अाज दिल्लीले खेलाडी पनि फेरेकाे छ । यसअघिको खेलमा खेलेका जुनियर डाला र जेसन रोयको ठाउँमा आज अवेश खान र ग्लेन म्याक्सवेल रहेका छन् । 

सन्दिप लामिछाने आईपीएल

विशेष