अर्थ देश

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

काठमाडौं ।  बुधबारमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ ।

 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।

 

पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ ।

 

अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकाले लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो । 

 

तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

पेट्रोलियम पदार्थ मूल्यवृद्धि

विशेष