मुख्य समाचार

प्रचण्डले याेद्धाहरूलार्इ धोका दिए, माअाेवादी पुनर्गठन हामी गर्छाैँः गाेपाल किराँती

प्रचण्डले याेद्धाहरूलार्इ धोका दिए, माअाेवादी पुनर्गठन हामी गर्छाैँः गाेपाल किराँती

काठमाडाैं । एमाले र माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिस्ट पार्टी बनेसँग गाेपाल किराँतीकाे नेतृत्वमा माओवादी केन्द्रलार्इ पुनर्गठित गरिने भएकाे छ ।


गत असोज १६ गते अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग एकीकरण गर्ने प्रस्ताव गरेदेखिनै असहमत किराँती माओवादी पुनर्गठनमा लागेका हुन्।

 

किराँतीको नेतृत्वमा माओवादीले राष्ट्रिय भेला आयोजक समिति बनाइसकेको छ। उनका अनुसरा अाफ्नाे नेतृत्वमा माओवादी केन्द्रलाई निरन्तरता दिने र तत्कालै पार्टी पुनर्गठन गर्ने बुझिएकाे छ ।

 

‘हिजोबाट हाम्रो बाटो खुल्ला भयो । अब अगाडी बढ्छौं । २६ जिल्लामा सम्पर्क भैसकेको छ । माक्सवाद, लेनिनवाद, माओवादको बिचार प्रचण्डले छाड्नुभयो । तर हामीले निरन्तरता दिन्छौं’, उनले भने,‘माओवादी केन्द्र बनाउँदा आउने महाधिवेशनमा छलफल वहश अध्यनबाट कार्यदिशा संस्लेशषण गर्छौं।’

 

चाँडै राष्ट्रिय भेला गरेर महाधिवेशन गर्ने तयारीमा लागिसकेको किराँतीले नेपालअाजलार्इ जनाकारी गराएका छन्। माओवाद मान्नेको बिचमा खेमा बनाउने र यसका लागि वैद्य र विप्लवसँग छलफल गर्ने उनले बताए ।


 वैद्य, विप्लव र हामी माओवाद नै मान्नेहरु हौं, प्रचण्डले माओवाद छाड्नुभयो, हाम्रो क्रान्तिकारी खेमा हुन्छ, प्रचण्ड र ओलीलाई दक्षिणपन्थि खेमा भन्छौं हामी।’उनले भने । प्रचण्डले जनयुद्ध सामेल सबैलाई धोका दिएको उनकाे उनले अाराेप लगाए ।


असोज १६ गते प्रचण्डले एमालेमा विलयको कुरा ल्याएपछि नै आफूले विलय हुने कुरामा बिमती राखेको बताए । विलय रोक्न र गठबन्धन मात्रै गर्न सुझाव दिँदा पनि प्रचण्डले नमानेको उनले बताए ।


 

गाेपाल किराँती माअाेवादी

विशेष