मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रलार्इ प्रधानमन्त्री अाेलीकाे निम्ताेः गणतन्त्र दिवस मनाउन अाउनु

पूर्वराजा ज्ञानेन्द्रलार्इ प्रधानमन्त्री अाेलीकाे निम्ताेः गणतन्त्र दिवस मनाउन अाउनु

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पूर्वराजालार्इ पनि नागरिक सरह गणतन्त्र दिवसमा रमाउन  ओलीले अाग्रह गरेका हुन् ।

 

ज्ञानेन्द्रलार्इ  पूजापाठकाे नाममा तमासा नदेखाउन सचेत गराउँदै गणतन्त्र दिवसमा सहभागी हुन अाेलीले अाग्रह गरेका हुन् । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्वराजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि बताए ।

 

प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अब समाप्त भएको स्मरण गराएका थिए । पूर्वराजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने तयारी गरेको छ ।

 

 

केपी अाेली गणतन्त्र दिवस पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष