स्वास्थ्य

बालबालिकालार्इ अाँखाकाे यस्ताे समस्याले दुख दिइरहन्छ, कसरी जाेगाउने ? उपाय पनि

बालबालिकालार्इ अाँखाकाे यस्ताे समस्याले दुख दिइरहन्छ, कसरी जाेगाउने ? उपाय पनि

बालबालिकाहरुमा आँखाका समस्याहरू हुनसक्छन् । ति समस्याहरूबारे अभिभावकहरूले समयमै ख्याल नगरे बालबालिकाले आँखाको ज्योती नै गुमाउनपनि सक्छन् । त्यसैले बालबालिकाहरूको आँखामा समस्या देखा परेमा ति समस्याबारे जानकारी र समाधानका उपायबारे थाहा पाउनु आवश्यक छ । आँखाको समस्या र समाधानबारे जानकारी पाउनको लागि पढ्नुहोस् केही उपायहरू

 

जन्मजात आंखा पाक्ने
यौन रोग बाट भएको संक्रमणले बालबालिकालाई अंधो बनाउन सक्छ । कहिलेकाहीं बालबालिका जन्मने बित्तिकै पनि आंखा पाक्ने रोग लागेर आंखाको ढकनी सुन्निने र आंखामा बाक्लो कचेराले भरिने गर्दछ यस्तो अबस्थामा तुरmन्तै उपचार गरिएन भने आंखाको कालो नानीमा फुलो परि अन्धो बनाईदिन्छ । यदि बच्चाको बाबु आमा लाई यौन रोग लागेको छ भने पनिे बच्चा जन्मिदा बित्तिकै पनि यस्तो समस्या देखिन सक्छ । तसर्थ बच्चाको आंखाको उपचार का साथै बाबु आमा ले पनि यौन रोगको उपचार गर्न बिर्सनु हुदैन ।

 

रतन्धो
रतन्धो पनि एक किसिमको बालबालिकामा देखिने समस्या हो । रतन्धोको कारणले आंखामा सुख्खापना आई कालो नानीमा घाउ हुने र पछि फुलो बसी सधैका लागि आंखा नदेख्ने हुन सक्छ । तसर्थ रतन्धो भएका बालबालिकाहरुलाई प्रशस्त मात्रामा भिटामिन ए भएका खानेकुराहरु ख्वाई भिटामिन ए को कमि हुन दिनु हुदैन पर्दछ भने आंखामा हुने सुख्खापन भए नभएको बारे थाहा पाउनका लागि नजीकको आंखा अस्पताल वा आंखा उपचार केन्द्रमा गै जांच गराउनु पर्दछ र समयमै उपचार गराउनु पर्दछ ।

 

अल्छि आंखा तथा उज्यालो चिन्न नसक्नु

यदि बालबालिमाा ३ बर्ष वा त्यो भन्दा अगावै देखिने अल्छि आंखा तथा बत्ति तथा औलाहरुको गति ९आंैला हल्लाएको० देख्न सके नसकेको ख्याल गर्नुपर्छ । यदि माथि उल्लेख गरिएका समस्याहरु देखिएमा उपचारका लागि पहल गरिहाल्नु पर्दछ ।

 

जन्मजात मोतिबिन्दु

बालबालिकामा हुने मोतिबिन्दुको समयमा नै अप्रेसन गराउनु पर्छ । कुनै कुनै बालबालिका जन्मिदा बित्तिकै पनि उनिहरुको आंखामा मोतिबिन्दु देखिन सक्छ । यदि गर्भबति आमालाई रुबेल्ला नामक भाईरस को संक्रमण भएको छ भने त्यसको असर जन्मने बच्चाको आंखामा पनि पर्न जान्छ र जसको कारण बच्चाको आंखामा मोतिबिन्दु हुन्छ । यस्तो अवस्थामा बच्चाले उज्यालो प्रकाश ठम्याउन नसक्ने हुन्छ । जन्मजात हुने मोतिबिन्दु अलि असामान्य तथा जटिल हुने भएकोले यस्लाई समयमै उपचार गराउनु पर्दछ ।

 

 

जलबिन्दु
कुनै कुने बाल बालिकाको आंखा सामान्य भन्दा ठूलो देखिनुका साथै खांखामा पानी आईरहनु र घाममा हेर्न गाहृो हुने अवस्था छ भने त्यो बच्चाहरुमा देखिने जलबिन्दु हुनसक्छ । यस्तो अवस्थामा उनिहरुको आंखाको ज्योति पनि कमजोर हुन सक्छ तसर्थ बालिकाहरुमा माथि उललेखित समस्थाहरु देखिएमा समयमै उपचार गराउनु पर्दछ ।

 

 

दृष्टि दोष ९चश्माको पावर कम हुने समस्या
बालबालिकाहरुले टाढा लगायत नजिकको किताबका अक्षर समेत नदेख्न सक्छन तसर्थ समयमै उनिहरुको आंखाको देख्न सक्ने क्षमता ९दृष्टि० को परिक्षणका लागि आंखा उपचार केन्द्र तथा आंखा अस्पतालमा लैजाने,

 

 

डेढो आंखा

डेढो आंखा सोझो हुन सक्छ र दृष्टि पनि बचाउन सकिन्छ । कुनै कुनै बालबालिकाको एउटा वा दुबै आंखा डेढो हुन सक्छ । डेढो आंखा भएका बालबालिकाको दृष्टि कमजोर पनि हुन सक्छ र पछि गएर दृष्टिमा सुधार नहुन पनि सक्छ त्यसैले उनिहरुको आंखा डेढो भए नभएको ख्याल गर्नु पर्छ र यदि उस्तो समस्या भएको पाईएमा समयमै जांच गराई उपचाुर गराउने ।

 

गर्मियाममा आंखा रातो भै चिलाउने
कुनै कुनै बालबालिकाको गर्मियाममा मात्र आंखा बढी रातो हुन, चिलाउने तथा घाममा हेर्न अफ्ठयारो हुने जस्ता समस्या देखिन सक्छ । यदि त्यस्तो समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगरी नजिकको आंखा उपचार केन्द्र तथा आंखा अस्पतालमा गै उपचार तथा सल्लाहका लागि जाने ।

 

ट्रकोमा

अन्धो बनाउने आंखाका रोगहरु मध्य ट्रकोमा पनि एक हो र जस्ले सबैभन्दा पहिला बालबालिकालाई असर गर्ने गर्छ र बालबालिकाहरुबाट अन्यमा सर्ने गर्दछ । यदिे यो रोगका बारेमा बालबालिकाहरुलाई सचेत गराई ब्यक्तिगत तथा बातावरणीय सरसफाई ९बिषेशत दिनमा कम्तिमा तीन पटक सफा पानीले मुख धुने बसाल्नलाईृ जोड दिने० का बारेमा जानकारी दिनु पर्दछ र लामो समय सम्म हल्का आंखा रातो भै पाकि रहेमा तुरुन्त आंखा उपचार केन्द्र तथा आंखा अस्पतालमा गै उपचार गराउने,

 

चोटपटक तथा आंखामा कसिंगर तथा अन्य चिज पर्नु
कहिले काहीं बालबालिकाको आंखामा खेल खेल्दा तथा अरु बेलामा चोटपटक लाग्न सक्छ त्यस्तै आंखामा कसिंगर तथा अन्य चिज पर्न सक्छ । यस्तो बेलामा उनिहरुलाई आंखा मिच्न दिनु हुदैन र आंखामा जथाभावी औषधि तथा जडिबुटी हाल्नु हुदैन । जथाभावी औषधि तथा जडिबुटीको प्रयोगले उनिहरुको आंखाको ज्योति संधैको लागि गुम्न सक्छ । यस्तो अवस्थामा जतिसक्दो चांडो आंखा उपचार केन्द्र तथा आंखा अस्पतालमा लैजानु पर्दछ । त्यसैगरि उनिहरुको आंखामा चोटपटक लाग्न नदिन संधै सजग रहनुका साथै उनिहरुलाई यसबारेमा समेत सचेत गराउनु पर्दछ ।

 

बालबालिकाको आंखा स्बस्थ राख्न अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :

 

बाल अन्धोपनबाट बच्न बालबालिकाहरुको आंखा समय समयमा देखाउनै पर्ने भएता पनि प्राय बिधालय जाने बालबालिाकाको आंखा भने कम्तिमा बर्षको एक पटक जांच गराउनु पर्दछ । 

 

चश्मा लगाउने बालबालिकाको हकमा भने देख्ने शक्ति परिबर्तन भए नभएको थाहा पाउनका लागि प्रत्येक ६ ÷ ६ महिनामा नेत्र बिशेषज्ञ वा चश्मा सम्बन्धि प्राबिधिक संग जांच गराउनु पर्दछ ।

 

कुनै पनि बिस्तृत रुपको आंखा परिक्षणबिना आंखामा लाग्ने रोग तथा अवस्थाहरुका बारेमा थाहा पाउन कठिन भएता पनि आंखामा समस्या भएका बालबालिकाहरुको आंखामा देखिने लक्षण ÷ चिन्हहरु र उनिहरुले देखाउने हाउभाउ एवं शारिरिक संकेत को आधारमा पनि उनिहरुको समस्याका बारेमा अनुमान भने लगाउन सकिन्छ जो निम्नानुसार बुझ्न सकिन्छः

 

आंखाका भागहरुमा देखिने परिबर्तनहरु
 

एक तथा दुबै आंखााको ढकनीहरु पूर्ण तथा आंशिक रुपमा बन्द भईरहने

एक अथवा दुबै आंखाको भित्र पुतलीको रंग सेतो तथा फुस्रो देखिनु

एक अथवा दुबै आंखामा बढी मात्रामा आंसु बगीरहनु

उज्यालो प्रकाश तथा बत्तीमा हेर्दा गाहे हुने,

आंखाको वरीपरि तथा भित्रि भागमा लगातार रातोपना देखिईरहनु

आंखा सुन्निनु तथा चिप्रा लागिरहनु


 

ब्यबहारिक संकेतहरु
 

बारम्बार आंखाहरु मिचिरहनु

टेलिभिजन हेर्दा धेरै नजिक बाट हेर्नु,

नजिकको बस्तु पढदा अति नजिक टांसेर पढनु

नजिकको बस्तु हेर्दा आंखा टेढो बनाएर हेर्नुु

कुनै बस्तु राम्रो स्पष्ट नदिेखिए सम्म टाउको बंग्याएर हेर्नु 

 

बालबालिका अाँखाकाे समस्या

विशेष