मुख्य समाचार प्रदेश २

अब पाँच वर्षभित्र जनकपुरसहित मधेश र देशको कायापलट गर्छाै: मन्त्री महासेठ

'महानिर्देशक भट्टराईलाई विषेश कामका लागि मन्त्रालय तानेको हुँ'

अब पाँच वर्षभित्र जनकपुरसहित मधेश र देशको कायापलट गर्छाै: मन्त्री महासेठ

जनकपुरधाम । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विशेष कामका लागि मान्त्रालय तानेको बताएका छन् ।

 

प्रदेश नं. २ को प्रादेशिक पत्रकार महासंघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारको आवश्यकता अनुसार आफ्नो कर्मचारीको सरुवा बढुवा गर्ने क्रममा विशेष कामको लागि महानिर्देशक भट्टराईलाई मान्त्रालमा हाजिर हुन निर्देशन दिएको बताए ।

 

यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्री महासेठले मन्त्रालयमा तानेको कुरा मिडियमामा आए जस्तो नभएको उनले दावी गरे । यातायात क्षेत्रको सिन्डिकेट हटाउँदा केही कर्मचारीहरु नै दुखी भएको मन्त्री महासेठले बताए ।

  

। ‘म मन्त्री बनेको २ महिना मात्र भएको छ । निर्देशक जी दुई वर्षदेखि विभागमा हुनुहुन्छ, म मन्त्री बनेको १५ दिन पछि सिन्डिकेट हटाउन निर्देशन दिएँ’, मन्त्री महासेठले भने, ‘निर्देशक जीले मलाई सिन्डिकेट हटाउन सहयोग नगरेको होइन म भन्दिँन । तर केही विशेष कामले मन्त्रालय तानेपछि किन यत्रो दुःख ?’

 

जनकपुरधामलाई विगतका सरकारहरुले पूर्वाग्राही रुपले हेरेकै कारण काठमाडौँपछि दोस्रो दर्जामा आउने जनकपुर अहिले आएर जर्जर अवस्थामा पुगेको मन्त्री महासेठले उल्लेख गरेका छन्।

 

मन्त्री महासेठले पाँच वर्ष भित्र जनकपुरसहित मधेश र देशको कायापलट हुने बताए । अगामी बजेटमा मधेशको लागि विशेष प्याकेज केन्द्रीय सरकारले छुट्याएको समेत बताए ।

जनकपुरधाम मन्त्री रघुवीर

विशेष