खेल मुख्य समाचार

अार्इपीएलः राजस्थानको महत्वपूर्ण जित, बैंग्लोर समूह चरणबाटै बाहिरियो

अार्इपीएलः राजस्थानको महत्वपूर्ण जित, बैंग्लोर समूह चरणबाटै बाहिरियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (अार्इपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर लार्इ राजस्थान रोयल्सले ३० रनले हराएकाे छ ।

 

याे हारसँगै बैंग्लोर अार्इपीएलकाे समूह चरणबाटै बहिरिएको छ । राजस्थानको भने सम्भावना कायमै छ । याे जितसँगै राजस्थानको १४ अंक भएको छ । १६५ रनको लक्ष्य पक्षाएकाे बैंग्लोर अन्तिम चार बल बाँकी छँदा सबै विकेट गुमाएर मात्र १३४ रनमा समेिटयाे याे । बैंग्लोरकाे सुरुवात राम्रो रहेन ।

 

कप्तान विरोट कोहली ४ रनमा आउट हुँदा टिमको स्कोर मात्र २० रन थियो । ९ बलको सामना गरेका कोहलीलाई तेस्रो ओभरको पाँचौं बलमा कृष्णप्पा गौतमले बोल्ड गरेका थिए ।

 

बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो । बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।

 

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए ।

 

त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।

विशेष