खेल

आईपीएलः रोहित शर्मा र कायरन पोलार्डसँग सन्दीपकाे अन्तिम परिक्षा

मुम्बईलार्इ याे खेल जित्नै पर्ने दबाब

आईपीएलः रोहित शर्मा र कायरन पोलार्डसँग सन्दीपकाे अन्तिम परिक्षा

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग(आईपिएल)क्रिकेटको यो सिजनको आफ्नो अन्तिम खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इन्डियन्ससँग खेलिरहेकाे छ ।

 

 दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय हाे । दिल्लीले लगातार तेस्रो खेलमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई खेलाउने भएको छ।
 दुई खेल अघि आईपिएलमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

 

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका सन्दीपले अघिल्लो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले आईपिएलको आगामी सिजन खेल्ने सम्भावना बलियो बनाएका छन्। स्वयं दिल्लीले आगामी सिजनका लागि टोलीलाई तयार गर्न युवा खेलाडीलाई अवसर दिएकाे बताइरहेको छ।

 

तर सन्दीपको प्रदर्शनले अन्य टिम समेत आकर्षित हुन सक्नेछन् । सुरुका ११ खेलमा सन्दीपलाई अवसर नदिएको दिल्लीले अघिल्लो चरण पुग्न नसक्ने भएपछि युवा खेलाडीलाई बाँकी खेलमा अवसर दिइरहेको छ। 


अघिल्ला खेलमा विराट कोहली, एबी डे भिलियर्स, महेन्द्र सिंह धोनी, सेन वाट्सन, सुरेश रैनाविरुद्ध कसिलो बलिङ गरेका सन्दीपले मुम्बईविरुद्ध रोहित शर्मा, कायरन पोलार्डजस्ता स्टार खेलाडीको सामना गर्नुपर्ने छ।

 

दोस्रो चरण पुग्ने होडमा रहेको मुम्बई दिल्लीलाई हराउनै पर्नै स्थितिमा छ । १३ खेलबाट १२ अंक भएको मुम्बई तालिकाको पाँचौं स्थानमा छ। तालिकाको चौथो स्थानमा रहेको राजस्थान रोयल्सको १४ खेलबाट १४ अंक छ। तालिकाको शीर्ष चार टोली प्ले अफ पुग्नेछन्।


नेट रनरेटमा राजस्थानभन्दा अगाडि रहेकाले दिल्लीलाई हराएमात्र पनि मुम्बई दोस्रो चरण पुग्ने छ। दिल्ली भने १३ खेलबाट ८ अंक जोडेर तालिकाको आठौं तथा अन्तिम स्थानमा छन्। 

 

तर दिल्लीले मुम्बईलाई नै हराएर प्रतियोगितामा पहिलो जित हात पारेको थियो। आफ्नो तेस्रो खेलमा दिल्लीले मुम्बईलाई सात विकेटले हराएको थियो।

आईपिएलको इतिहासमा यी दुई टोली हालसम्म २१ पटक भिडेका छन जसमा दिल्ली १० पटक र मुम्बई ११ पटक विजयी भएको छ। 


 

आईपीएल सन्दीप लामिछाने

विशेष