खेल मुख्य समाचार

दिल्लीले दियाे ​आईपीएलकाे प्लेअफमा पुग्न मुम्बईलाई १ सय ७५ रनको चुनाैती

सन्दीप बलिङ गर्दै

दिल्लीले दियाे ​आईपीएलकाे प्लेअफमा पुग्न मुम्बईलाई १ सय ७५ रनको चुनाैती

नयाँ दिल्ली । भारतमा जारी इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटको आफ्नो अन्तिम खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई सुपर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका  रिसव  पन्तले ६४ र विजय शंकरले नटआउट ४३ रन बनाए ।

 

 रिसवले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने  विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । 

 

यो खेल जिते मुम्बई प्लेअफमा पुग्नेछ भने मुम्बइले हारे राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । पञ्जावले अाज राति  खेलमा चेन्नइ सुपरकिंग्ससंग खेल्दैछ । 

 

दिल्लीले लगातार तेस्रो खेलमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई खेलाएको छ । दुई खेल अघि आईपिएलमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

 

चेन्नइ सुपरकिंग्ससँगकाे खेलमा निर्णायक बनेका सन्दीप मुम्बर्इका लागि पनि चुनाैती बन्ने देखिएकाे छ । सन्दीपकाे कसिलाे बलिङका कारणा दिल्लीले अाफ्नाे १३ अाैँ खेलमा चेन्नइलार्इ ३४ रनले हराएकाे थियाे । 

 

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै चार ओभरमा २५ रन खर्चदै एक विकेट लिएका सन्दीपले अघिल्लो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारेका थिए। 

 

आईपीएल सन्दीप लामिछाने

विशेष