नाथ्री फुट्ने समस्या छ ? बच्नका लागि अपनाउनुस् यस्ता उपाय
काठमाडाैं । गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासी ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् ।
वास्तवमा नाथ्री फुट्नु अर्थात् नाक बाट रगत बग्नु लाई डाक्टरी भाषा मा एपिस्ट्याक्सिस भनिन्छ । नाक भित्र रहेको पातलो झिल्ली फाटेर अचानक रगत बग्नु नै नाथ्री फुट्नु हो । एसरी नाथ्री फुट्दा प्रायः एउटा नाक को प्वाल बाट रगत बग्ने गर्दछ ।
केही अपवाद लाई छाडेर यो एस्तो आम समस्या हो कि हामी सबैको जीवन मा एक न एक फेर नाथ्री फुटेको अनुभव भएकै हुन्छ । नाथ्री फुट्नु का अनेक कारण हुन सक्छन् र कारण अनुसार यो एक सामान्य देखि लिएर गम्भीर प्रकृतिको हुन सक्छ ।
कति सम्म गम्भीर हुन सक्छ भने यो नै मृत्यु को कारण बनेका घटना पनि छन् । रक्तनलीहरु फुटेर रगत बाहिर निस्कन सक्ने सबैभन्दा संवेदनशील अंग भनेको नाक नै हो । किन नाक बाट एति सजिलै रगत बाहिर निस्कन्छ भन्ने बारे मा जान्न का लागि नाक को बनावट पनि जान्नु आवश्यक छ ।
हामीले नाकबाट सास लिन्छौं । त्यसरी लिएको सास छान्न का लागि नाक को भित्री सतह मा मसिना रौं हुन्छन् । सँगसँगै त्यसरी छानिएको धूलो धूवाँ लाई टाँसेर राख्न का लागि चिपचिपे पानी रौं को फेद बाट निस्किरहेको हुन्छ ।
त्यसरी पानी निस्कन सजिलो होस् भन्ने उद्देश्य ले नाकको भित्री सतह मा थुप्रै रक्तनलीहरु बिछिएका हुन्छन् र तिनलाई पातलो झिल्ली ले छोपिराखेको हुन्छ । सबैभन्दा घनारुप ले रक्तनलीहरु फिँजिएको ठाउँ किजेलब् याच प्लेक्सस का नाउँले चिनिन्छ ।
प्रायः नाथ्री फुट्ने ठाउँ पनि यही नै हो । कहिलेकाहीं नाक को पछाडी को भाग बाट रगत बग्ने गरेको पनि पाइएको छ जसलाई बढ्ता गम्भीर प्रकृति को मानिन्छ ।
नाथ्री फुट्नुका कारणहरु :
नाक बाट रगत बग्ने समस्या लाई दुई भाग मा बाँडेर हेर्ने गरिएको छ । पहिलो( नाक को अघिल्तर बाट रगत बग्ने समस्या र दोस्रो( नाक को पछिल्तिर को भाग बाट रगत बग्ने समस्या । नाथ्री फुट्ने समस्या मा पहिलो समस्या ले झण्डै ९० प्रतिशत भाग ओगटेको छ ।
नाक को अघिल्तिर बाट रगत बग्ने समस्या का कारणहरु :
१.बच्चाहरु मा नाक कोट्याइरहनाले
२.नाक मा चोटपटक लाग्नाले
३.साइनोसाइटिस अथवा साइनस संक्रमण ले
४.चिसो, रुघाखोकी वा बल गरेर सिँगान फाल्न खोज्दा
५. गर्मी वा तातोपनका कारणले
६.रुघाखोकी तथाअन्य रोगको संक्रमणबाट नाकमा घाउ हुँदा
७.रगत मा प्लेटलेट को कमी हुँदा
८.कोकेन जस्ता लागू पदार्थ को सेवन गर्दा
नाक को पछिल्तिर बाट रगत बग्ने समस्या का कारणहरु :
उच्च रक्तचाप का कारण शरीर का अन्य भागहरु मा रक्तस्राव भए झैं नाक बाट पनि रक्तस्राव हुने सम्भावना हुन्छ । उच्च रक्तचाप ले नाक को पछिल्तिर बाट मात्र नभएर अघिल्तिर बाट पनि रक्तस्राव हुने सम्भावना हुन्छ ।
नाक को शल्यक्रिया नाक मा भएका घाऊ वा गिर्खा को शल्यक्रिया गर्ने क्रम मा नाक को अघिल्तिर सँग सँगै पछिल्तिर बाट पनि रगत बग्ने सम्भावना रहन्छ ।
क्याल्शियम को कमी ।हेमोफिलिया तथा ल्यूकेमिया जस्ता रोगहरु । ट्यूमर को समस्या । त्यसैगरी कुनै बाहिरी वस्तु नाक भित्र पस्नु ,इबोला जस्ता रोगहरु को संक्रमण ,रयूम्याटिक ज्वरोपनि नाथ्री फुट्नुका अन्य कारणहरू हुन् ।
नाथ्री फुट्नु को लक्षण :
१.रगत मुख भित्र पनि छिर्ने हुँदा वान्ता हुने र वान्ता हुँदा वान्ता मा रगत देखिने सम्भावना हुन्छ ।
२.मुटु को धडकन तिब्र हुन सक्छ ।
३.श्वासप्रश्वास छिटो हुन सक्छ ।
४.बढी रगत बहेको छ भने अनुहार पहेंलो देखिन सक्छ ।
नाथ्री फुट्दा गरिने सामान्य उपचार :
१.सिधा बस्ने र नाक लाई दुवै औंला ले थिच्ने । सकेसम्म रगत घाँटी तिर नबगोस् भन्ने हिसाब ले बसेको हुनुपर्छ । रगत घाँटीतिर बग्दै गयो र श्वासनली तिर पस्यो भने अरु समस्या बढ्न सक्छ ।
२.सुत्नु वा निहुरिनु हुँदैन । सकेसम्म मुटुभन्दा नाक माथी परोस् भन्ने तिर विचार पुर्याउनु पर्छ ।
३५ देखि २० मिनट सम्म नाक थिचिराख्ने र पाइन्छ भने नाक बाहिर बरफ को चीसो ले सेक्ने ।
४.तर २० मिनट सम्म पनि रगत थामिएन भने नाक लाई बढ्ता दबाब नपर्ने गरेर र टाउको सीधै रहने गरेर अस्पताल पु¥याउने ।
नाथ्री फुट्नु बाट जोगिने उपायहरु :
१.नाक कोट्याउने बानी लाई घटाउने ।
२.नाक सुख्खा भएको महसूस भएमा नाक मा भ्यासेलिन वा अन्य म्वाइस्चराइजिङ क्रीम लगाउने ।
३.नाथ्री फुटे पछि केही दिन सम्म नूनपानी ले नाक सफा गर्ने ।
४.न्यासोजेल वा अन्य वाटर बेस्ड जेल नाक को भित्री सतह मा लगाउने ।
५.बल गरेर सिँगान नफाल्ने ।
६.गर्मी वा सुख्खापन बाट जोगिने ।
७.इबुप्रोफेन, टाइलिनल, प्यारासिटामोल, एस्पिरिन जस्ता औषधि को सेवन घटाउने ।
८.रक्तचाप लाई नियन्त्रण मा राख्ने ।
९.धूमपान, लागू पदार्थ सेवन जस्ता कार्य नगर्ने ।