खेल

अार्इपीएलमा चम्किए सन्दीपः २ ओभरमै मुम्बईकाे ३ विकेट लिए

अार्इपीएलमा चम्किए सन्दीपः २ ओभरमै मुम्बईकाे ३ विकेट लिए

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग(आईपिएल)क्रिकेटको यो सिजन आफ्नो अन्तिम खेलमा मुम्बईविरूद् खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने सुरूवाती चरणमै चम्किएका छन् ।

 

पहिलाे अाेभरमा एक विकेट लिएका लामिछानेले दास्राे ओभरमा २ विकेट लिएका छन् । सन्दिपले पहिलो ओभरमा सुर्यकुमार यादवको विकेट लिएका थिए ।  निकै आक्रामक शुरुवात गरेका सुर्यकुमारले सन्दिपका ३ बलमा १२ रन लिएका थिए ।

 

सन्दिपले दोश्रो ओभरको पहिलो बलमा किरोन पोलर्ड र चौथो बलमा क्रुनल पाण्ड्यालाई ४ रनमा आउट गरे । ओभरको पहिलो बलमा ठुलो शट हान्न खोज्दा पोलर्डलाई बाउण्ड्री लाइनमै ग्लेन म्याक्सवेल र ट्रेण्ट बोल्टले मिलेर क्याच गरेका थिए ।

 

बाउण्ड्रीमाथीबाट बाहिरन लागेको बललाई म्याक्सवेलले उफ्रिएर मैदानभित्रै फालेका थिए जुन बल बोल्टले क्याच गरे । जसकारण पोलर्ड ७ बलमा ७ रन बनाएका पबिलियन फर्कन बाध्य भए ।

अार्इपीएल सन्दीप लामिछाने

विशेष