खेल

चम्किदै सन्दिप, आज आईपीएलमा अन्तिम खेल

चम्किदै सन्दिप, आज आईपीएलमा अन्तिम खेल

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने चम्किएका छन् । दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज आइतबार पनि खेल्ने भएका छन् । आज सन्दिपले मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका हुन् ।

 

यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। उनलाई आज ९ नम्बरभित्रे राखिनेछ । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए ।

 

डेयरडेभिल्सले अघि ११ खेलसम्म पनि सन्दीपलाई खेल्ने कुनै मैका दिएको थिएन । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए।

 

गएराति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । सो खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए ।

इण्डियन प्रिमियर लिग सन्दिप लामिछाने मुम्बई इन्डियन

विशेष