स्वास्थ्य

काठमाडाैंका ठूला अस्पतालकाे हालत, जहाँ कुरूवा नै विरामी हुन्छन् !

शब्द/तस्वीरः प्रताप अाेली

काठमाडाैंका ठूला अस्पतालकाे हालत, जहाँ कुरूवा नै विरामी हुन्छन् !

काठमाडौं । गर्मी माैसमसँगै नेपालका ठुला निजी, सरकारी तथा गैरसरकारी अस्पतालमा विरामीको चाप ह्वात्तै बढेको छ । नेपालका ठुला अस्पताल वीर अस्पताल, सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज लगायत अस्पतालमा विभिन्न किसिमका विरामीको चाप बढिरहेको छ ।

 

21363132_906349509513908_404803789_n

शिक्षण अस्पतालमा टिकट लाईन :

बिहान उज्यालो नहुँदै टिकट लाईनमा बस्नुपर्ने यी अस्पतालमा विरामीको उपचार त परै जाओस्, विरामीको साथमा उपचार गर्न आएका कुरुवा नै सिकिस्त विरामी पर्ने गरेका छन् । अस्पतालमा प्रवेश भएदेखि कुरुवाहरुले विरामीको हेरचाहदेखि विभिन्न उपचार कक्षमा खाना समेत नखाई धाउनुपर्ने हुन्छ ।

शुक्रराज अस्पताल टेकुमा टिकट लाईन : तस्विर प्रताप ओली

शुक्रराज अस्पताल टेकुमा टिकट लाईन :

आफ्नो समय चुकेपछि पुनः पछिल्लो दिन टिकट काट्नुपर्ने हरेक अस्पतालको नियम नै बनिसकेको हुनाले त्यो डरले उनीहरु भोकैभाेकै हुँदा रोगको शिकार बन्न पुग्दछन् । त्यसैले विरामीको उपचार गर्न अस्पताल प्रवेश गरेपछिको हरेक स्थितिको सामाना गर्दागर्दै स्वस्थ व्यक्ति नै विरामी पर्ने गरेका यस्ता ज्वलन्त उदाहरण हाम्रा सामु खडा भएपछि अव हामीले कसरी स्वास्थ्य सेवा सुविधाको उपभोग गर्ने ?

सहिद गंगालाल राष्ट्रीय ह्रदयरोग केन्द्रमा टिकट लाईन : तस्विर प्रताप ओली

सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा टिकट लाईन : 

काठमाडौं छिरेपछि कति पैसा खर्च हुन्छ ? कति परिस्थितिसँग सामाना गर्नुपर्छ यो त नितान्त उसकै व्यक्तिगत समस्या हो तर आम जनताले कसरी सुविधा उभोग गर्दैछन भनी हेर्ने त सरकारको कर्तव्य होईन र ?

 

यदि हामीले यही राज्यको नागरिकता लिएका छौं, हाम्रै भलो गरुँन भन्दै सरकारी कर्मचारी चुनेका छौं, पालेका छौं तर त्यी कर्मचारी र सरकार हाम्रो पिडाको घाउमा नुनचुक छर्कन्छ भने हामी यो देशको नागरिक हुनुको के अर्थ ?

 

सुन्दा अचम्म लाग्न सक्छ ! सोलुखुम्बुबाट ६ दिनभित्र उपचार गरिसक्नुपर्छ अन्यथा विरामीको स्थिति तलमाथि हुनसक्छ भनेर जिल्ला अस्पतालबाट शिक्षण अस्पताल महाराजगंञ्जमा रिफर भई आएका एक जना कुरुवाले भने आएको एक महिना बितिसक्यो, दिनकै टिकट काट्नुपर्छ, कहिले कतै जाउ कहिले कतै जाउ भनेर अनेक बाहनामा समय बर्बाद गर्छन् ।

 

जहिले समय नपुग्दै रात पर्छ । मेरा छोराले उपचार पाएको छैन । उपचार गर्न आएको म समेत विरामी परी सकेँ । लाईनमा बस्दा बस्दा रिँगटा लागेर एकदिन त लडेछु ,मलाई थाहै भएन । मध्यराति होटलको कोठामा पुग्छौं, बिहान उज्यालो नहुँदै अस्पताल पुग्छौ । विरामी पनि नहुनु कसरी खानामा समेत ध्यान छैन ।

21442324_906349519513907_1769533328_n

शिक्षण अस्पताल ओपीडी ब्लकमा टिकट लाईन :

उपत्यकामा निजी, सरकारी र गैरसरकारी संस्था गरी झण्डै चार दर्जन जति स्वास्थ्य संस्था  भएपनि त्यसको तेब्बर अहिले काठमाडौंमा आउने विभिन्न खाले विरामी संख्या छ । विरामीसँग परामर्श गर्दागर्दै थाक्ने डाक्टर पनि दोष दिनु उचित छैन । यद्यपी विरामी वा उसको कुरुवालाई स्पष्ट रुपमा रोगको जानकारी र बच्ने उपाय,खाने औषधि लगायतका विषयमा जानकारी दिन डाक्टरको कर्तव्य हुन आउँछ ।

 

अहिले प्रत्येक अस्पतालमा विरामी संख्या धरै हुने भएकाले डाक्टरहरु पनि आत्तिएर विरामीसँग सामान्य कुरा गर्दै पन्छिने गरेका कुरा पनि बाहिर नआएका होईनन् । अहिले डाक्टरहरु प्रायः जसो धेरै स्वास्थ्य संस्थासँग आवद्व हुने भएकाले कर्तव्यमुखी र परोपकारी सेवा दिनबाट उनीहरु टाढा भएका छन् ।

विरामी भन्दा डाक्टरहरु आफुले कमाउने थलोको ख्याल लिन थालेपछि विरामी कहाँ जाउन अब ? सरकारी अस्पतालमा सबै सेवा पर्याप्त नहँने हुँदा विरामीहरु एक दुई दिनसम्म महँगो पैसा तिरी निजी स्वास्थ्य संस्था धाउन विवश हुन्छन् ।

 

फाईल तस्विर विरामी र कुरुवा

फाईल तस्विर, विरामी र कुरुवा

कान्ति बाल अस्पतालमा अहिले सामान्य सेवाहरु एमआरई, सिटिस्क्यान, ईसीजी, ईईजी जस्ता सेवा समेत नपाईने अवस्था छ । ८ महिनाको विरामी बालक लिएर कान्ति बाल अस्पताल आएकी काभ्रेकी सुजाता बानियाँ भन्छिन् । डाक्टरले मेरो छोराको टाउकोको ईसीजी गरेर ल्याउन भन्दै बाहिरी अस्पताल पठाए ।

 

दगुर्दै यता आएको त बच्चालाई बेहोस गराउने औषधी छैन, नजिकै अन्तराष्ट्रिय बालमैत्री जानुस् भन्यो । जाबो एउटा बेहोस बनाउने औषधि नपाउँदा महँगो पैसा तिरी अन्तराष्ट्रिय बालमैत्री अस्पताल बाँनिया जस्ता समस्या भोग्ने त यहाँ कति छन् कति ?

 

नेपालका स्वास्थ्य संस्थामा डाक्टरको लापरबाही , उपचार गर्ने मेसिनको अभाव , औषधीको कमी , अव्यवस्थित सेवा सुविधाको हैरानी आखिर कहिलेसम्म खेप्ने सरकार भन्ने आम नेपालीले प्रश्न उठाउन कति समय छ अब ?

 

सरकारी अस्पताल विरामी कुरूवा नेपालका अस्पताल

विशेष