खेल

सन्दीप भोलि नेपाल आउने

सन्दीप भोलि नेपाल आउने

काठमाडौं ।  इन्डियन प्रिमियर लिग खेल्न भरत गएका नेपाली युवा लिग स्पिनर सन्दीप लामिछाने भोलि नेपाल फर्कने भएका छन् । 

 

सन्दीप भोलि दिउँसो ४ बजेर १५ मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए । सन्दीप जेट एयरवेजको विमानमा आउँदैछन् । 

 

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

 

उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए । 

 

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । आईपीएलबाट फर्किए छि सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् ।

सन्दीप लामिछाने अार्इपीएल

विशेष