अपराध सुरक्षा मुख्य समाचार

सुकुम्वासीकाे उठिबासा लगाएकाे भन्दै जनप्रतिनिधिकाे घरमा बम विष्फोट, दुई घाइते

सुकुम्वासीकाे उठिबासा लगाएकाे भन्दै जनप्रतिनिधिकाे घरमा बम विष्फोट, दुई घाइते

 झापा ।  दमक नगरपालिका ७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएकाे छ । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।

 

बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । बम इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो ।


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए ।

 

यहीबीचमा पौडेल निवासमा बम विस्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

दमक नगरपालिका वडाध्यक्ष भीम पौडे घरमा बम विष्फोट

विशेष