मुख्य समाचार स्वास्थ्य

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या, उपचारका लागि विदेश लैजाने तयारी

१५ दिनदेखि राष्ट्रकविकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या, उपचारका लागि विदेश लैजाने तयारी


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेका छन् । स्वास्थ्यमा  समस्या देखिएपछि १५ दिनदेखि  ९९ वर्षिय राष्ट्रकवि घिमिरेकाे धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेकाे छ ।

 


उनमा केहि समय यता क्रोनिक ग्यास्ट्राइटीस,उच्च रक्तचाप र दिशामा रगत देखिन थालेकाे हाे । राष्ट्रकवि घिमिरेले आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भएपनि सो सूचना सार्वजनिक नगरिएको बुझिएकाे छ ।

 

बिरामी भएको थाह भएपछि भेट्ने मान्छे धेरै आउने भएकाले आराम गर्नै समस्या हुने भन्दै राष्ट्रकवि घिमिरे बिरामी भएकाे बारे गुपचुप राखेकाे परिवारिक स्राेत जनाएकाे छ ।


उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ । उनलार्इ थप उपचारका लागि विदेश लैजाने तयारी पनि भइरहेकाे परिवारिक स्राेत जनाएकाे छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे

विशेष