ढाड दुख्ने समस्या छ ? अपनाउनुहोस् यी १० उपाय
विभिन्न कारणले मानिसमा ढाड दुख्ने समस्या हुनसक्छ । करिब ८० प्रतिशत व्यक्तिले जीवनको कुनै एक समयमा ढाड दुखाइको पीडा भोग्छन् । यस्तो समस्याले काममा र दैनिक जीवनमा बाधाहरू ल्याउने गर्दछ । खानपिन, हावापानी, बसाइ, सुताइका कारण पनि डाढ दुख्ने समस्या हुने कतिपयको धारणा छ । विशेषगरी वजनदार वस्तु उचाल्दा, धेरै व्यायाम गर्दा, लामो समयसम्म एउटै आसनमा बस्दा, ढाडलाई असर पर्नेगरी मर्काउँदा ढाडमा सोझै असर पर्नाले ढाड दुख्न सक्छ । ढाड दुख्ने समस्याले व्यक्तिलाई उठ्न र हिँड्न गाह्रो हुन्छ ।
ढाड दुख्ने कारणहरू :
१. शरीर र अंगले थेग्न नसक्ने काम गर्दा वा गह्रुंगो भारी उचाल्दा
२. लामो समयसम्म एउटै स्थानमा बसेर उठ्दा
३. हड्डीले नसा प्यापिँदा
४. उमेर ढल्किदा हड्डी खिइएर पातलो र कमलो हुँदा (विशेष गरी ५० वर्ष कटेका मानिसहरूको हड्डी खिइने समस्या हुन्छ)
५. हड्डी खिइएको भागमा नयाँ हड्डी पलाउँदा
६. बाथ रोग लाग्दा
समाधानका उपायहरू :
१.नियमित व्यायाम गर्ने
२. ढाडको विशेष व्यायाम पनि गर्ने
३.हाड–जोर्नीलाई चलायमान बनाइराख्ने
४.सुस्त भएर बस्दा समस्या बढ्दै जान्छ
५.धुम्रपान, मद्यपान नगर्ने
६.लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने
७.पेनकिलर धेरै खाँदा मिर्गौला खराब हुनसक्छ, कम मात्रामा खाने
८.रक्सी र हाई प्रोटिनयुक्त खाना खानु हुँदैन , मोटोपन नियन्त्रण गर्ने
१०.कार्बोहाइड्रेट र बोसोयुक्त खाना खाने