खेल मुख्य समाचार

नेपाल फर्केपछि सन्दीपले भने, आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएँ

नेपाल फर्केपछि सन्दीपले भने, आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएँ

काठमाडौँ। नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी भएर नेपाल फर्किएका छन् । उनी नयाँ दिल्लीबाट मंगलबार अपराह्न स्वदेश  फर्केका हुन् ।

सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित समर्थकहरू त्रिभुवन विमानस्थल पुगेका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपले आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

 

उनले भने, ‘ठूल्ठूला खेलाडीसँग खेले पनि नामसँग म कहिल्यै डाउन भइनँ।’ उनले अर्को वर्ष आफू नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए । आइपिएल यात्रामा आफूले धेरै सिक्न पाएको पनि उनले बताए । 

 

उनले नेपाली क्रिकेटका पदाधिकारीहरु जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने पनि बताए । ‘हामीमा पनि त्यो क्षमता छ तर पदाधिकारी जिम्मेवार हुनुपर्‍यो,’ उनले भने।

 

दिल्लीका लागि सन्दीपले अन्तिम ३ खेल खेले । त्यसक्रममा कुल १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चिँदै ५ विकेट लिए ।

 

उनले आगामी मे ३१ मा वेस्ट इन्डिजसँग हुन लागेको नेपालसँगको प्रतिष्पर्धामा राष्ट्रिय टोलीलाई फेरि गर्व गर्न लायक बनाउन पाउँ भनी चाहना पनि व्यक्त गरेका छन्।


 

आईपीएल सन्दीप लामिछाने

विशेष