गाेरेलार्इ पक्राउ गरेपछि थप रहस्य खुलासा
काठमाडाैं । सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरेलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । गृह मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा गाेरेबारे थप रहस्य खुलेकाे छ ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै छानविन समितिले उनलार्इ काठमाडाैंकै गाैरीघाटबाट पक्रउ गरेकाे बताएकाे छ । गाेरे पूर्व खेलाडी, भारतीय सेनाकाे जागिर हुँदै दुबइमा काम गर्न गएकाे खुलासा भएकाे छ । माेरङमै छँदा खेलाडी बनेका गाेरे भारतीय सेनामा जागिर खाएर ३ वर्षमै छाेडेका थिए ।
पछि दुबइ प्रहरीमा जागिर खाए । साेही क्रममा उनि सुन तस्करीका संलग्न भएकाे खुलासा भएकाे हाे । गाेरेलार्इ भारतबाट पक्राउ गरिएकाे प्रचार गरिए पनि काठमाडाैंबाटै पक्राउ गरिएकाे बताइएकाे छ । उनलार्इ आजै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाउइने भएको छ ।
यस क्रममा सुन तस्करीबारे गाेरेबाट थप रहस्य खुलेकाे छानविन समितिका संयाेजक र्इश्वरराज पाैडेलले बताएका छन् । उनका अनुसार मंगलबार बिहान ५ बजे गाैरीघाटबाट पक्राउ गरिएकाे हाे ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेका थिए ।
सुन तस्करी गाेरे पक्राउ थप रहस्य