खेल मुख्य समाचार

आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा

आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा

एजेन्सी । ओपनर फाप डु प्लेसिसिले शानदार ब्याटिङ गर्दै नटआउट ६७ रन बनाएपछि सनराइजर्स हैदरावदलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल-११)को फाइनलमा प्रवेश गरेको छ।

 

प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले दिएको १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईले खेलेका ९ संस्करणमध्ये फाइनल पुगेको यो सातौँ पटक हो। सन् २००९ र २०१४ मा फाइनल पुग्न असफल भएको चेन्नाई पछिल्लो दुई सिजन प्रतिवन्धमा परेका कारण आइपीएलबाट बाहिर थियो। अहिलेसम्म खेलेका ८ संस्करण मध्ये चेन्नाईले २ पटक उपाधि जितेको छ। 

 

तेस्रो उपाधिको खोजीमा रहेको चेन्नाईले अब दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ। चेन्नाईसँग हारेपनि हैदरावादले कोलकता र राजस्थानबीचहुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउँनेछ। र त्यसको विजेता फाइनल पुग्नेछ।

क्वालिफायर सनराइजर्स हैदरावद चेन्नाई सुपर किंग्स

विशेष