मनोरञ्जन चाडै आउदैछ

'जाइरा' फिल्मका लागि नम्रता श्रेष्ठले देखार्इन् यस्ताे स्पोर्टि लुक्स

'जाइरा' फिल्मका लागि नम्रता श्रेष्ठले देखार्इन् यस्ताे स्पोर्टि लुक्स

काठमाडौं  । अभिनेत्री नम्रता श्रेष्ठले नयाँ अवतार धारण गरेकी छिन्। फिल्म 'जाइरा'का लागि उनले आफ्नो कपाल समेत छोट्याएकी छिन्। यो उनको मार्शल आर्ट लुक्स रहेको निर्माण टिमले खुलाएको छ। ब्वाइज कट हेयर स्टाइल र पहिरनमा उनी खेलाडी देखिएकी छिन्।

 

मंगलवार राजधानीमा फिल्मको लुक्स सार्वजनिक कार्यक्रममा फिल्मका अन्य कलाकार पनि आफ्नो भुमिका अनुसारको लुक्समा उपस्थित थिए। फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेकोछ।



निर्देशक आशुतोष राज श्रेष्ठले आगामी मंसिर १४ मा फिल्म प्रदर्शन गर्ने जनाए।

 

अभिनेत्री श्रेष्ठले फिल्मका लागि ८ केजी तौल पनि घटाएको बताइन्। ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादनऽ कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत सम्राट बस्नेतको द्वन्द रहेको छ।

 

 

 

 

 

नम्रता श्रेष्ठ जाइरा

विशेष