अपराध सुरक्षा मुख्य समाचार

घुस लिँदालिँदै पक्राउ जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख

घुस लिँदालिँदै पक्राउ जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।

 

सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । 

 

उनका अनुसार सुवेदीले सुनसरीको कोशी गाउँपालिकाको भेन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस मागेका थिए । 

 

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

सुनसरी जिल्ला शिक्षा समन्वय समिति खगेन्द्रप्रसाद सुवेदी

विशेष