मुख्य समाचार

प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पत्ति सार्वजनिक, अाेलीकाे सम्पत्ति कति ?

प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पत्ति सार्वजनिक, अाेलीकाे सम्पत्ति कति ?

काठमाडाैं । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ।

 

प्रधानमन्त्री ओलीको सम्पत्ति विवरणमा २ घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखाइएकाे छ । उक्त सम्पत्ति पनि अाेलीकाे श्रीमति राधिका शाक्यकाे नाममा छ ।

 

२ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी जग्गा विवरणमा देखाइएकाे छ । साथै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १८ तोला सुन पनि सम्पत्ति विवरणमा उल्लेख गराइएकाे छ।

 

त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छे बैक, प्रभु बैंक र राष्ट्रिय वचतपत्रमा गरी जम्मा ३५ लाख रकम देखाइएकाे छ ।

 

सम्पत्ति विवरण प्रधानमन्त्री केपी अाेली

विशेष