मन्त्री विना मगरकाे सम्पत्तिः एउटा स्कुटर, बैंकमा खाता छ, पैसा छैन !

काठमाडौं । मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गर्ने क्रममा खानेपानीमन्त्री विना मगरले पनि अाफ्नाे सम्पत्ति सार्वजनिक गरेकी छन् । विवरणमा उनले श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर उल्लेख गरेकी छन् । साथमा अाफूसँग रहेकाे ५ तोला सुन र १६ तोला चाँदी पनि विवरणमा खुलाएकी छन् ।
तर ती चिजलार्इ उनले पैतृक सम्पत्तिकाे रूपमा सार्वजनिक गरेकी हुन् । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि खुलाएकी छन् ।
मगरले नगदकाे रूपमा कत्ति पनि नभएकाे उल्लेख गरेकी छन् । एभरेष्ट बैंकमा खाता भए पनि खातामा पैसा नभएकाे विवरणमा जनाएकी छन् ।
विना मगर सम्पत्ति विवरण स्कुटर