कभर स्टोरी स्वास्थ्य भिडियो

वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)

वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)

काठमाडाै‌ । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो ।  बि.सं. १९४६ साल साउनमा बीर शम्शेर द्वारा स्थापना गरिएको उक्त अस्पतालमा पछिल्लाे समयमा अत्यन्तै नाजुक अवस्थामा थियाे ।

 

प्रतिक्षालयमा बिरामीहरूले निकै मुस्किलले पालो पर्खनु पर्दथ्यो । ट्वाइलेट जान नाक मुख थुन्नु पर्ने बाध्यता थियाे । अस्पतालकाे बाहिरि र भित्रि स्वरुप सारै कुरुप थिए । अस्पतालकाे त्याे हालतले बिरामी र कुरुवाले निकै हैरानी खेप्पनु परेकाे थियाे । जसकारण उपचार गर्न र गराउने अाउने मानिस उल्टाे बिरामी हुने अस्वस्थ अवस्था थियाे । 

 

तर यहिले अस्पतालेकाे स्वरुप पहिलेको भन्दा फरक देख्न पाइन्छ । अस्पतालभित्र छिर्नेवितिकै कसैलेपनि अनुहार बिगार्नुपर्ने अवस्था छैन । वरिपरिका फोहोर व्यवस्थित छन् । ट्वालेटहरू टिलिक्क टल्किएका छन् । झ्याल र ढाेकामा दाग छैन, बरू बुटृाहरू सजिएका छन् । भित्ता आकर्षक रङले पोतिएका छन् । अस्पतालकाे याे स्वरुप देखेर सेवाग्राही खुसी छन् । 

 

वीर अस्पताललार्इ नयाँ स्वरुप दिने  मूख्य अभियान्ता हुन् हांस्य कलाकारद्धय सिताराम कटृेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) । सरकारी तवरबाट अस्पताल सरसफाईमा कुनै पहल नभएपछि उनीहरूले यो अभियानलाई अघि सारेका हुन् ।


यसअघि पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत नेपालमा उदाहरणीय काम गरिरहेका धुर्मुस र सुन्तली अहिले बीर अस्पताल सरसफाईमा जुटेका छन् । राजनीति गर्नेहरू पहुँच र शक्तीको निम्ति लडिरहेको बेला उनीहरू भने सरकारलाई चुनौती दिँदै सामाजिक काममा तल्लिन छन्। 

 

धुर्मुस सुन्तली फाउण्डेशनले वीर अस्पताल सरसफाई सुरु गरेपछि थुप्रै कलाकार र अभियान्ताहरूले अभियानमा साथ दिएका छन् । सरसफाई अभियान्ता खेम शर्मा, भद्रगोल टिम, सिस्नुपानी नेपाल,हांस्यव्यंग्य समुह,बाग्मती सरसफाईका अभियान्ता लगायतका टिमहरूले स्वस्फूर्त रुपमा काम गरिरहेका छन् । 

 

३ करोड नेपालीको स्वास्थ्यसँग जोडिएको विषय भएकाे भन्दै १ सय २८ वर्षको ईतिहास बोकेको वीर अस्पतालमा काम गर्न पाउनु खुसीको कुरा रहेको धुर्मुस बताउँछन् ।

 

उनका अनुसार अहिले सम्म २५ लाख भन्दा बढी  लागत व्यवश्थापनामा लागिसकेका छ ।  धेरै काम उधारो मै गरिएको हुनाले अभियानलाई सहयोग गर्नको निम्ति सहयोगी हातहरूलाई उनले आग्रह गरेकापनि छन् । 

 

सरकारी अस्पताल भएपनि अभियानको लागि सरकारले आर्थिक सहयोग नगरेको उनको गुनासो छ । काम सुरु गर्नेबेलामा सहज सोचेपनि गर्दा निकै कठिन बन्दै गएको उनी बताउँछन् ।

 

‘एउटा ढोका खोलेर भित्र छिर्दा दुई चार वटा कोठामात्र होलान् भन्ने सोचेका थियौँ । तर कोठाहरू धेरै रहेछन् । त्यसैगरी ट्वालेट सरसफाई, प्लम्बिङ, रङरोगन सबै कामहरू एकैसाथ गर्नुपर्ने भएकाले धेरै रकम र समय खर्च हुने अनुमान छ,' उनले भने । सुरुमा अभियान्ता बनेर  काम गरे पनि अब संस्थागत रुपमा अघि बढेको भन्दै सबैलार्इ सहयाेगकाे अपिल गरिरहेको उनले बताए ।

 

उनका अनुसार अस्पतालको व्यवस्थापन पक्षबाट पनि समन्वयकारी भूमीका भइरहेको छ । प्रशासनको तर्फबाट कर्मचारी व्यवस्थापन गर्नमा सहयोग गरिरहेको अस्पतालले बताएकाे  छ । अस्पतालमा पहिलेको भन्दा अहिले निकै सहज वातावरणा रहेकाे बिरामीहरु सुनाउँछन् । ‘वीर अस्पतालमा पहिले साह्रै फोहोर थियाे । अहिले  सुन्दर छ ,'  बिरामी बृद्धले भने ।

वीर अस्पताल धुर्मुस

विशेष